“जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड २०८०” हुँदै, असाेज १५ गते सम्म फारम खुल्ला



“जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड २०८०” हुँदै, असाेज १५ गते सम्म फारम खुल्ला

काठमाडाैँ ७ असाेज । डि सिनेमा आर्ट प्रालीको आयोजनामा “जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड २०८० हुने भएको छ । नेपाली चलचित्र र सांगीतिक क्षेत्रका कलाकार, गायक, गायिका, निर्देशक, मोडेल, डान्सर, गीतकार, संगीतकार र सो संग सम्बधित व्यक्तित्वहरुको कला र गलाको सम्मान प्रतिभा प्रोत्साहनको लागि  “जलजला राष्ट्रिय फिल्म एण्ड म्युजिक अवार्ड २०८० हुने भएको हाे ।

बि सं २०७५ साल भन्दा यता रिलिज भएका नेपाली चलचित्र, टेलि सिरियल, नेपाली गीत संगीत, तीज म्युजिक भिडियो लगाएत अन्य मनोरन्जनका भिडियो र सो संग सम्बन्धित कलाकार र गायक गायिकाहरुको कला र गलाको सम्मानमा प्रतिभा प्रोत्सहानको लागि यो कार्यकम गर्न लागेको डि सिनेमा आर्टका प्रबन्धक दिनेश मुस्कानले बताएका छन् ।

साथै यस प्रोत्सहानको कार्यक्रमको तयारी भैरहेको र कार्यक्रमको मिति चाडै सार्बजानिक गर्ने तयारी आयोजकले जानकारी दिएको छ । यता उक्त अवार्डका लागि यही असाेज १५ गते सम्म फारम खुल्ला भएकाे समेत आयोजक डि सिनेमा आर्ट प्रालिका प्रबन्धक दिनेश मुस्कानले देउखुरी टुडेलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे