हरेक महामारीमा महिला स्वास्थ्य स्वयमसेवीकाको भूमिका महत्वपूर्ण
दाङ २० मंसिर । दाङमा १७ औं राष्ट्रिय सामुदायिक महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाईएको छ । जिल्लाको घोराही उप–महानरपालिका –१४ ले आज एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
त्यस अबसरमा बोल्ने वक्ताहरुले कोरोना नियन्त्रण गर्नका लागि स्वास्थ्य स्वयमसेवीकाको भूमिका महत्वपूर्ण रहेको बताएका थिए । स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले कोरोना माहामारीका बेला महिला स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण भएको उल्लेख गरे । स्वास्थ्य स्वयमसेविका नै समाजको पहिलो डाक्टर भएको भन्दै सबैले उनीहरुलाई प्रोत्साहन गनुपर्नेमा उनले जोड दिए ।
वडाध्यक्ष शक्तिराम डाँगीले महिला स्वयमसेवीकाको योजना अनुसार काम भैरहेको उल्लेख गरे । जोखिमको बेला पनि टोल/टोलमा पुगेर स्वास्थ्य निशुल्क सेवा पु¥र्याएको भन्दै सबैले सम्मान गर्नु पर्ने बताए । वडामा सबै प्रकारका जातजाति र समुदायका महिला स्वास्थ्य स्वयमसेवीका भन्दै सम्पूर्णलाई तालिम र खाजा भत्तको व्यवस्था गरेको उल्लेख गरे । दिवसका अबसरमा नगरस्वास्थ्य प्रमुख नारायण घर्ती, राधा पौडेल, शालिकराम आचार्य लगाएले शुभकामना व्यक्त गरेका थिए । वडाध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन खिमा भुषालले गरेकी थिइन् ।