देउखुरीको पिपरीमा कारको ठक्करबाट एक पैदलयात्रु गम्भीर घाइते



देउखुरीको पिपरीमा कारको ठक्करबाट एक पैदलयात्रु गम्भीर घाइते

ओमप्रकाश गुप्ता, सिसहनियाँ २० मंसिर ।

दाङको देउखुरीमा कारको ठक्करबाट एक पैदलयात्रु गम्भीर घाइते भएका छन् । पुर्व–पश्चिम राजमार्ग अन्र्तगत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ८ पिपरीमा शनिवार दिउँसो ३ः४० बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १३ च ५९७१ नम्बरको कारले पैदल हिडिरहेका राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी निवासी अन्दाजी ५० वर्षका रामु चौधरीलाई ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको विष्ट स्वास्थ्य पोलिक्लिनीक सिसहनियाँमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर पठाइएको प्रहरी चौकी सिसहनियाँका प्रहरी नायव निरिक्षक बक्तिकुमार पोख्रेलले जानकारी दिएका छन् । घाइतेको हात, टाउको र ढाडमा चोक लागेको छ । ठक्कर दिने कार र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे