सल्यानमा दुई श्रीमती हुँदाहुँदै तेस्रो विवाह गर्ने वडाध्यक्ष पक्राउ



सल्यानमा दुई श्रीमती हुँदाहुँदै तेस्रो विवाह गर्ने वडाध्यक्ष पक्राउ

सल्यान १९ मंसिर । बहुविवाहको आरोपमा सल्यानका वडाध्यक्ष पक्राउ परेका छन् । प्रहरीले वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाईलाई पक्राउ गरेको हो।

उनलाई प्रहरीले शुक्रबार बेलुका जयतपानी बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए।वडाध्यक्षसँगै उनकी कान्छी श्रीमती भनिएकी ग्वाँमी विष्ट कुमाईलाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रवक्ता ओलीका अनुसार आफ्नो घरमा दुई श्रीमती हुँदाहुँदै तेस्रो विवाह गरेका थिए। उनका दुई श्रीमतीबाट ४ छोराछोरी छन्। दुई जना श्रीमती हुँदाहुँदै तेस्रो विवाह गरेको भन्दै पाँच जना स्थानीयले जिल्ला प्रहरी कार्यालय सल्यानमा जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे