गायक संदिप न्यौपाने र पत्रकार शिवु खनालले अभिनय गरेको तीज गीत ‘जोवन ढलढल’ सार्वजनिक



भालुवाङ ७ भदौ । दंगाली गायक तथा मोडेल संदिप न्यौपाने र पत्रकार शिवु खनालले अभिनय गरेको तीज गीत ‘जोवन ढलढल’ सार्वजनिक भएको छ । लमही निवासी चर्चित गायक तथा मोडेल संदिप न्यौपाने र लमही बजार निवासी पत्रकार शिवु खनालले अभिनय गरेको तीज गीत ‘जोवन ढलढल’ बोलको गीत संदिप न्यौपानेकै युटुव च्यानलबाट बिहिवार सार्वजनिक गरिएको हो ।

गायक संदिप न्यौपाने र गायिका समिक्षा अधीकारीको स्वर रहेको सो गीतमा नेत्र अर्यालको शब्द, श्रीधर अधिकारीको संगित रहेको छ । गीतलाई केशब बडुले एरेन्ज गरेका हुन् । मारुनी रेकडिङ स्टुडियोेमा गीत रेकर्ड गरिएको हो । गीतको भिडियोमा युवा पुस्ताका नाम चलेकी मोडल उषा उप्रेती, सुस्मिता कोइराला र पत्रकार शिबु खनालको तथा गायक मोडेल संदिप न्यौपानेले अभिनय गरेका छन् । जेरी भण्डारीको निर्देशन तथा राजेश घिमिरेको छायांकनमा सो गीत निर्माण भएको हो ।

दाङ देउखुरीको उर्वर माटोमा जन्मिएर सिंगो नेपालको प्रतिनिधित्व गर्न सक्ने क्षमता बोकेका कलाकार संदिप न्यौपाने स्वदेश तथा विदेशमा रहेका सारा नेपालीले रुचाएका कलाकार भित्र पर्दछन् । स्वरमा मात्र हैन शब्द संगीत र अभिनयमा समेत अदभुत क्षमता भएका कलाकार न्यौपानेका थुप्रै गीतहरु चर्चाको शिखरमा पुगेका छन् । करोडौं भ्युज बटुल्न सफल भएका उनका गीतहरुलाई थुप्रै स्रोता तथा दर्शकले मन पराएका छन् ।

पछिल्लो समय पत्रकार खनाल विगत लामो समय देखि दाङको लमहीलाई आधार बनाएर पत्रकारिता गर्दै आएका छन् । नेपाल– भारत सिमा क्षेत्रका जनताका समस्यालाई उजागर गरि जनचेतना अभिवृद्धिमा सहयोग पुर्याएको भन्दै लुम्बिनी प्रदेश सरकारबाट नगद सहित प्रदेश रत्न पुरस्कारबाट विभुषित भैसकेका छन् । काठमाण्डौबाट प्रकाशित हुने उज्यालो नेटवर्क अनलाइन पत्रिका, बुटवलबाट प्रकाशित हुने दैनिक पत्र, बाँकेको नेपालगन्जबाट प्रकाशित हुने मिसन टुडे राष्ट्रिय दैनिक, दाङ घोराहीबाट प्रकाशित हुने गणतन्त्र राष्ट्रिय दैनिक पत्रिका लगायतका मिडियामा आबद्द रहेका छन् । सो गीतको छायांकन लमही नगरपालिका–५ स्थित रहेको अजम्मरी सामुदायिक वन भित्र पर्ने जैविक विविधता पार्कमा गरिएको हो ।

हेर्नुहोस् यो भिडियो

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे