कोरोना संक्रमणबाट दाङको तुलसीपुरमा गएराति ३ जनाको मृत्यु



कोरोना संक्रमणबाट दाङको तुलसीपुरमा गएराति ३ जनाको मृत्यु

तुलसीपुर १९ मंसीर । दाङको तुलसीपुरका ३ जना कोरोना संक्रमितको बाँकेमा उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

मृत्यु हुनेमा तुलसीपुरमा उपमहानगरपालिका –१६ का २६ बर्षका पुरुष, ११ नम्बर वडाका ४५ बर्षका र ५ नम्बर वडाका ८१ बर्षका परुष छन् । २६ र ४५ बर्षका पुरुषको भेरी अस्पताल र ८१ बर्षका पुरुषको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ का तुलसीपुर फोलक पर्सन बिमल केसीले जानकारी दिए ।

उनिहरुको पिसीआर परीक्षण गर्दा कमशः १०, ४ र १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे