मन्त्री बनेकी जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिने
काठमाडौं ८ साउन । जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ ।
जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ । अब जनमतकी अनिता देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने तय भएको माओवादी केन्द्रका एक पदाधिकारीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्