प्रचण्डमा उही पुरानै धङधङी !



प्रचण्डमा उही पुरानै धङधङी !

सार कुरा के हो भने तिनाउ पाल्पाको पहिचान थियो । बुटवलको पनि तिनाउ पहिचान थियो । बटौलीमुन्तिर तिनाउ खोला तिनतिर, टोपी बेची रिनतिर । यस्तो गीत गाइन्थ्यो । मूल तिनाउ दानो नदी र सुखानगरतिरबाट हानिएर गएको छ । उ बेलाको तिनाउ पछि आएर छत्तिस कुलो भने पनि भयो । तर, कलकत्ता पुग्दा हुग्ली नदी बनिदिन्छ । तिनाउको पहिचान गुमाउँछ । नेपालका हिमाल, पहाड, तराई, पूर्व पश्चिम, उत्तर दक्षिणका मान्छेले तिनाउ भनेरै चिन्छन् । लोक गायकहरूले तिनाउका सन्दर्भमा मीठा मीठा गीत गाएका छन् । पहिले त पूर्व पश्चिम जाने यातायातका साधन थिएन । त्यसैले एउटै देशका मानिस भए पनि आपसमा बिरलै चिनजान हुन्थ्यो ।

नेपालका प्रधानमन्त्रीहरूमध्ये नेकपा माओवादी केन्दका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड निकै खप्पिस, निकै सिपालु हुन । प्रधानमन्त्री पदमा रहँदा मात्र होइन उनले त आफ्नो खुबी लहडी क्षमता दश वर्ष जनयुद्धमा पनि प्रस्तुत गरेर कीर्तिमान कायम गरेकै हुन् ।

म आज यसै लेखमार्फत प्रचण्डको प्रशंसा गर्न चाहान्छु । उनको तारिफ गर्न चाहान्छु । उनले जे चाहना राख्दछन्, जे अठोट गर्छन्– त्यो प्ररा गरेरै छोड्ने खुबी राख्छन् । उनले जनयुद्घको नाम भजाएर गन युद्घ गरे । अर्थात बन्दुक युद्घ गरे । जनयुद्धभित्र एम्वुस युद्घ र बम युद्घमा सफल भए । आफ्नो पछाडि नलाग्ने, भनेको नमान्नेलाई उनले आफ्ना अपरिपक्क कार्यकर्तामार्फत सफाया गर्ने नियम पारित गराए ।

जस अनृसार १७ हजारको ज्यान लिन सफल भएको दोह¥याईरहनु पर्दैन । अयोग्य भनिएका लडाकुहरूको नाममा नेपाल सरकार मार्फत उनीहरूलाई उपलब्धद गराउन आएको ठूलो धन राशी उनले आफ्नै खातामा राखे, हामीलाई ठगी भनेर उनकै विश्वासमात्र कार्यकर्ता लेनिनमार्फत सार्वजनिक गरेको मात्र होइनन् मुद्दा समेत परेको भन्ने सुनिन्छ । के कुरा हो ? सम्बन्धित न्यायमूर्तिले जान्ने कुरा हो ।

कम्युनिष्टसँग सहकार्य गर्दा उनलाई सास गनाउँछ । त्यही भएर नेकपा एमालेसँग सहकार्य गरी निर्वाचन गर्दा प्राप्त उपलब्धी र पार्टी एकतालाई उनले तोडे र फोडे । ओली सरकार ढलाए र काग्रेस नेता शेरबहादर देउवाको अगुवाइमा सरकार बनाए । गत मंसिरमा भएको र्निवाचनपछि उनलाई पुनः प्रधानमन्त्री बन्ने रहर जाग्यो । नेका अध्यक्ष शेरबहादर देउवाले बुढानिलकण्ठ दरबारबाट लात्तीले हान्दा प्रचण्च उछिट्टिएर बालकोटमा पछारिन पुगे । बिचरो पछारिएको जालन्दरलाई ओलीले प्रधानमन्त्री बनाईदिए ।

प्रधानमन्त्री बन्ना साथ उनलाई फेरि पनि एमालेको सास गनाउन थाल्यो । त्यसैले सवै कुरा बसाउने शेरबहादृरको शरणमा गएर बसे र अहिले राज्यसत्तामा हालीमुहाली गर्न थाले । कसलाई कसरी खुइलाउने वा चिफ्ले खस्रो लोकते झै लोकत्न थालेका छन् । आफू भने पानी माथिको ओभानो देखाउन पनि उत्तिकै माहिर छन् ।

उनलाई पिएचडीको उपाधी दिएपनि हुने हो । नेपालको युनिभर्सिटीले के हेरेर बस्दा हुन ? कोही बात छैन मौका आउला कुनै न कुनै दिन भारतको युनिभर्सिटीले त देलानी ? स्मरण रहोस जालन्दर भनेको त्यही पात्र हो जसले कैलाशपति शिवजीकी श्रीमती पार्वतीसँग अनुचित सम्बन्ध राख्न महादेव शिवजीको भेष धारण गरेर कैलाशपति शिवजीको दरबारमा गएको थियो । शिवजीको अनुपस्थितिमा गर्नु नगर्नृ कुकृत्य गरेको श्री स्वस्थानी कथामा उल्लेख छ । यो जालन्दरको क्षमताको कुरा हो ।

प्रचण्डले द्वन्द्वकालमा झैं रुकुमका यदु गौतम, चापाकोटका गुप्तबहादुर विकलाई जस्तै कारवाही गर्नैपर्ने हो कि भनेर कसो के मात्र भन्न भ्याएका थिए । बजेट पारित गर्छौै त्वम् शरण ख्वामित भन्न थाले । चाईचुई नगरी २७५ सांसदको प्रतिनिधि सभामा १४७ जनाले बजेट पास गरे । प्रचण्डको सरकारलाई लुतेहरूले कुनै तातो पानी लाउन सकेनन् । राज्य सत्तावीरहरूले नै चलाउने हो ।

लुते खुइते, पानी मरुवाको केही काम छैन । वीर भोग्या बसुन्धरा भनेर हाम्रा ः ऋृषिमुनिहरूले त्यसै भनेका होइनन् । प्रचण्ड महोदय निकै गतिशील र समाज परिचालक छन् । सुरुमा १ नम्वर प्रदेशको नाम कोशी राख भनेर आदेश दिए । कोशी प्रदेश नामकरण भयो । पछि फेरि प्रदेशबासीमा नवीन वीजारोपण गरेर प्रदेशको नाम कोशी हुदैन, कोशीले पहिचान दिदैन भनेर केही जनजातिलाई उफार्न थाले । उफरिरहेका छन् ।

एकजना निर्दोष नागरिको हत्या भइसकेको छ । हालै सांसद योगेश भट्टराइलाई आक्रमण गरेर झण्डै झण्डै प्राण खुस्काइ दिएका हुन भन्ने समाचार आएको छ । जतिखेर पनि क्रियाशील र अरूलाई उफार्न पछार्नतिर र लछार्न खप्पिस प्रचण्डको तुलनामा प्रचण्ड जति खप्पिस नेपालमा कोही छैन ।

प्रदेश संरचनामा जाँदा त्यसै त्यसै अलमल भएको छ । कानृन प्रदत्त तलब भत्ता, गाडी, डिजेल, पेट्रोल अनावश्यक कर्मचारी र ठृलो संख्याको सल्लाहकार हल्लाकार आदिको ताँतीमा हुने खर्च आदिले गर्दा विकास खर्च थोरै र पुँजीगत खर्च भन्दा चालू खर्च धेरै हुने गरेको छ । यसमा पनि पौरखी प्रचण्डको हाबी छ । यस खालको प्रदेश संरचना र सरकार संचालनले खर्चभार बढेको छ ।

जनतलाई सेवा सुविधा, विकास र समृद्धिका योजना उपलब्ध गराउने पक्ष पनि कमजोर बन्दै गरेको छ । प्रिय नेपाली दाजुभाई दिदी वहिनीहरू यो मान्छेले संघीयताको विरोध ग¥यो भन्नुहोला तर बिरोध गरेको छैन । प्रदेशले सम्पादन गर्ने सम्पूर्ण कामहरू स्थानीय तहलाई दिएमा आखिर के बिग्रन्थ्यो र ? वास्तवमा विकास र समृद्धीका जे जस्ता काम कार्यान्वयन गर्ने वडा र बस्तीमा नै हो । यो बीचको तह अर्थात प्रदेश तह बन्दा खेरी बिकास बजेट बीचमा अडकेको छ । बिकास अलन्तरमा परेको छ ।

प्रधानमन्त्री प्रचण्ड भन्छन– हामीले सघीयता ल्यायौं, यो ठृलो उपलब्धी हो तर जनताको प्रश्न उठ्दैछ । यो कसरी ठूलो उपलब्धी हो ? लोकतान्त्रीक गणतन्त्र त अवश्य नै ठृलो उपलब्धी हो तर संघीयता यो सानो मुलृकको लागि कसरी उपलब्धि हो ? तर प्रचण्ड खुबीवाल र मूर्ख नेता हुन उनले भनेको कुरा मान्न जरुरी छ । नत्र त रुकुमेली यदु गौतम, चापकोटेली गुप्त बहादुर विक र पाल्पाली खेमबहादृर खाम्चा मगरको जस्तै हालत हुन सक्ने अवस्था हो ।

मलाई आफ्नो देश नेपालका गाउँपाखा, हिमाल–पहाड, लेकवेसी, महाकाली मेची घुम्ने औधी रहर थियो । मैले ५÷६ कक्षामा गण्डकी, कोशी, कर्णाली भनेर कविता पढेको थिएँ । त्यसलाई हाम्रो कक्षाका साथीभाई मिलेर लय भाका मिलाएर गाएको स्वर अहिलेपनि दिमागमा गुञ्जिरहेको छ । गण्डकी, कोशी, कर्णाली, मेची र महाकाली । म पाल्पाको मदनपोखरामा जन्मेको मान्छे ।

मेरो घर नजिकको सबैभन्दा ठूलो र नजिकको नदी तिनाउ नदी हो । यसलाई कतिपयले माडी नदी भनेको पनि सुनेको छु । माडी भने पनि यसको खास नाउँ तिनाउ नै हो । जति बेला नाउँ अर्थात डुँगाहरूबाट यात्रुलाई वारपार गराइने कुरासँग तिनाऊ सम्बन्धित छ । ती नाउ तीनवटा बोट÷डँुगा चलाएर निर्वाह गरिँदो रहेछ । ऊ बेला÷अब बोट डँुगा चलाउने ठाउँ कुन बनाए त ? यो ठ्याक्कै छुट्टयाउन गाह्रो छ । हिउंदमा डँुगा चलाउन आवश्यक पर्दैन । तिनाउ सुकेको छ तर बर्खामा तिनाउ कुर्लेर बग्छ ।

दोभानमा बोटे गाउँछ । अहिलेपनि त्यहाँ बोटेहरू छन् । यसले गर्दा दोभान प्रमुख थलो हुनुपर्छ । पहाडबाट नुन मट्टितेल बोक्न र आफ्नो तर्फबाट आउने लाहुरेहरूलाई लागि डँुगाको जरुरी भएकोले त्यहाँ जेठ, असार, साउन, भदौ र असोजसम्म डुंगा जरुरी पर्ने देखिन्छ । यस्तै बर्खामा माडी फाँटमै पनि डँुगाको आवश्यकता पर्ने देखिन्छ । यसरी तिनाउ बनेको हो कि भन्न सकिन्छ ।

सार कुरा के हो भने तिनाउ पाल्पाको पहिचान थियो । बुटवलको पनि तिनाउ पहिचान थियो । बटौलीमुन्तिर तिनाउ खोला तिनतिर, टोपी बेची रिनतिर । यस्तो गीत गाइन्थ्यो । मूल तिनाउ दानो नदी र सुखानगरतिरबाट हानिएर गएको छ । उ बेलाको तिनाउ पछि आएर छत्तिस कुलो भने पनि भयो । तर, कलकत्ता पुग्दा हुग्ली नदी बनिदिन्छ । तिनाउको पहिचान गुमाउँछ । नेपालका हिमाल, पहाड, तराई, पूर्व पश्चिम, उत्तर दक्षिणका मान्छेले तिनाउ भनेरै चिन्छन् ।

लोक गायकहरूले तिनाउका सन्दर्भमा मीठा मीठा गीत गाएका छन् । पहिले त पूर्व पश्चिम जाने यातायातका साधन थिएन । त्यसैले एउटै देशका मानिस भए पनि आपसमा बिरलै चिनजान हुन्थ्यो । राजमार्गहरू निर्माण भई यातायातका साधनहरू चले पछि म जस्ता सर्वसाधरण पनि काम विशेषले पूर्व पश्चिम जान थालियो । यसरी पश्चिमतिर यात्रा गर्दा राप्ती नदी, कर्णाली नदी, महाकाली नदी देखियो । खुब आनन्द आयो । मन रमायो । यी नदीहरू पहिचान नै रहेछन् । कहाँ आइपुगियो भन्ने कुरा नदीरूपले नै बताउने गरे । ती महत्वपूर्ण प्राकृतिक चिन्न रहेछन् । निशानी रहेछन् । पथ प्रदर्शक नै हो रहेछन् । सलाम छ, प्रकृतिलाई ।

ठूला एकादशीमा २०२४ सालमा म राम्दी गएको ठाउँ । त्यति ठूलो नदी पहिलोपल्ट देखेर म त दङ्गै परेँ । नदीको नाम त गण्डकी हो । पानी कालो कालै हुने हुँदा कालीगण्डकी भनिएको रहेछ । पछि आइएको प्राइभेट परीक्षा दिन पोखरा गइयो । त्यहाँ देखियो दुध जस्तै सेतो नदी । पानीको रङ्ग सेतो भएको हँुदा त्यस नदीलाई सेती नदी भनिँदो रहेछ । सेती नदी देखेर मख्खै परियो । पोखराको महत्वपूर्ण पहिचान सेती नदी हो । राज्यको पुनः संरचना गर्दा त्यहाँका बाठा गुरुङ्ग मगर, बाहुन क्षेत्री सबै मिलेर गण्डकी प्रदेश नै नाम राखे ।

पहिले पनि गण्डकी अंचल भनेरै चिनिन्थ्यो । अहिले पनि गण्डकी प्रदेश भनिएको छ । यस्तो नामकरण गर्दा त्यहाँका गुरुङ्ग, मगर, वाहुन, क्षेत्री दुब्लाएका छैनन्, खिइएका छैनन् । वागमती अंचलमा वसोवास गर्ने अत्यन्त बाठा चतुर तामाङ्ग, नेवार, ठकुरी, वाहुन क्षेत्रीहरूले वागमतीलाई नै रोजे । प्रदेशको न्वारन बागमती प्रदेशबाट नै गरे । बागमतीदेखि पूर्वपट्टिको ठूलो नदी कोशी हो । मेची, कमला तत्कालीन कोशी अञ्चल र मेची अञ्चलका ठूलो नदी कोशी नै हो । त्यतातिरका बाठा मान्छेहरूले प्रदेशको नाम कोशी नै राखे । यसो गर्दा कोशी प्रदेशबासी दुब्लाए, खिनौरा भए भन्ने सुनिएको र देखिएको छैन ।

म स्वयं पनि पूर्वतिर जाँदा त्यति ठूलो नदी कोशीलाई देख्न पाएर धेरै प्रफुल्ल भएको थिएँ । मेरो मन हररफरर भएको थियो हर्षले । ०६२/०६३ को परिवर्तनले मुलुक संघीयतामा गएर देशलाई झिलिमिलि गर्ने कुरा यसका प्रस्तोता प्रचण्ड नै थिए । भौगोलिक रूपमा सानो क्षेत्रफल भएको देशमा गाउँपालिका र नगरपालिका मार्फत ग्रासरुटका सेवाग्राहीहरूलाई सेवा प्रवाह गर्दा लाख हुने देखिन्छ ।

वर्गीय मुक्तिको नारा छोडेर जातीय दलदलमा फसेको प्रचण्ड र उनको पार्टीले अहिलेसम्म पनि नभाको भाउँतो कुकुरले लाउतो भन्ने प्रमाण नै कोशी प्रदेश संसदले कोशी प्रदेश प्रदेशलाई पारित गरिसकेपछि आज आएर पुनः कोशी प्रदेश पहिचान भएन भनेर पुष्पकमल दाहालले जनता जनतावीच लडाई र विग्रहको वातावरण सिर्जना गरेका छन । नेपालको संविधानले कसैलाई साम्प्रदायिक वैमनस्य सिर्जना गर्ने छुट दिएको छैन । तर प्रचण्डले अझैपनि पुरानै बैमनस्यको बिष फाल्ने काम रोकेका छैनन् ।

-बुटवल टुडेबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे