भालुवाङ- प्युठान सडक खण्डको गर्जेनीमा फेरि पहिरो गयो, सडक खुलाउन २/३ दिन लाग्ने



भालुवाङ- प्युठान सडक खण्डको गर्जेनीमा फेरि पहिरो गयो, सडक खुलाउन २/३ दिन लाग्ने

भालुवाङ १९ साउन । प्यूठान–भालुवाङ सडक खण्ड अन्तर्गत पर्ने गर्जेनीमा फेरी पहिरो आएको छ ।

शुक्रबार विहान पहिरो पन्छाईरहेको अवस्थामा पुनः पहिरो झरेपछि सडक खुलाउन समस्या भएको सडक डिभिजन कार्यालय प्यूठानले जनाएको छ । पहिरो हटाईरहेको समयमा माथीबाट पहिरो खसेपछि थप २/३ दिन लाग्न सक्ने कार्यालयका सवइन्जिनियर प्रकाश अधिकारीले जानकारी दिए ।

त्यहाँ अहिले ब्याक होल्ड लोडर, व्हिल लोडर, स्काभेटर गरि ४ वटा मेसिन लगाएर पहिरो हटाउने काम भइरहेको अधिकारीले बताए । उनका अनुसार माथीको भाग चिरा परेको हुँदा हिजो विहिबारको भन्दा आज झन ठूलो पहिरो आएर समस्या भएको हो ।

प्यूठान रोल्पामा चल्ने गाडीहरु बुधबार राती देखी पूर्णरुपमा अवरुद्ध रहेका छन् । यो सडकखण्डमा यात्रा गर्दा सुचना लिएर मात्र यात्रा गर्न सडक डिभिजन कार्यालय प्यूठानले आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे