दाङको देउखुरीमा ट्रकको ठक्करबाट पैदलयात्री सख्त घाइते



दाङको देउखुरीमा ट्रकको ठक्करबाट पैदलयात्री सख्त घाइते

लमही १९ साउन । देउखुरीमा ट्रकको ठक्करबाट एक जना महिला घाईते भएकी छन् ।

लमही नगरपालिका वडा नम्बर ८ सतबरियामा पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको सु प प्र ०१००१ ख २८५२ नम्बरको मालबहाक ट्रकले शुक्रबार दिउँसो साढे १ बजे पैदल यात्रीलाई ठक्कर दिएको हो ।

घाईते हुनेमा राजपुर गाउँपालिका ७ सुनपत्री बस्ने अन्दाजी बर्ष ३२ कि रामकली बोहरा रहेकी छन् । उनको अनुहारमा गहिरो चोट लागेको छ । लमही अस्पतालमा सामान्य उपचार पश्चात् घाईतेलाई नेपालगञ्ज रिफर गरिएको पारिवारिक श्रोतले जनाएको छ । गाडी र चालक प्रहरीको हिरासतमा रहेको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख सुरेन्द्र बर्तौलाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे