राजपुरको जनज्योती स्कुल तोडफोड र शिक्षक माथि हातपात गर्ने कार्की पक्राउ



राजपुरको जनज्योती स्कुल तोडफोड र शिक्षक माथि हातपात गर्ने कार्की पक्राउ

देउखुरी १८ साउन । दाङको देउखुरीमा स्कुल तोडफोड र शिक्षक माथि हातपात गर्ने १ जना पक्राउ परेका छन् ।

सार्वजनिक मुद्दामा दोषी भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउखुरी राजपुर गाउँपालिका–२ मटेरिया निवासी त्रिलोक कार्की रहेका छन ।

कार्कीले केहि महिना अगाडी जनज्योती माध्यामिक विद्यालय बेलामा प्रवेश गरि तोडफोड गर्नुका साथै शिक्षक माथि हातपात समेत गरेका थिए । उनीबिरुद्द प्रहरीमा उजुरी परेपछि कार्की फरार भएका थिए । कार्की संगै विद्यालयमा तोडफोड घटनामा संलग्न भएका आनन्द अधिकारी धरौटीमा रिहा भैसकेका छन ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक नविन वलीका अनुसार अधिकारी रिहा भएपछी अब मलाई पनि केहि हुँदैन भन्ने ठानेर कार्की घर फर्किएको जस्तो लाग्यो, घर फर्किएको केहि दिन पछि साउन १० गते राति ११ बजे राति गाउँमा ट्याक्टर स्टार्ट गरेर लैजान खोज्दै गर्दा प्रहरीले समातेको हो ।

कार्की बिरुद्द पहिले नै सार्वजनिक मुद्दा दर्ता छ भने अहिले फेरी चोरी मुद्दा दर्ता भएर म्याद थप भएको प्रहरी निरीक्षक वली बताउनु भयो । कार्कीलाई म्याद थप भएर अनुशन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे