वडा अध्यक्षबाट राजिनामा दिएका घोराही ८ का वडा अध्यक्ष पुन झण्डै डेढ महिना पछि काममा फर्किए



वडा अध्यक्षबाट राजिनामा दिएका घोराही ८ का वडा अध्यक्ष पुन झण्डै डेढ महिना पछि काममा फर्किए

तुलसीपुर १८ साउन । बजेटमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका दाङ घोराही उपमहानगरपालिका ८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका छन् । शाह अध्यक्ष पदबाट राजीनामा दिएको करिब डेढ महिना पछि पुनः काममा फर्किएका हुन् ।

वडामा प्रयाप्त बजेट नछुट्याएको भन्दै उनले असार १० गत पदबाट राजीनामा दिएका थिए । हस्ताक्षर बिहीन राजीनामा सामाजिक सञ्जालमा र नगरप्रमुखलाई दिएपनि त्यो राजीनमा स्वीकृत भएको थिएन ।

त्यसको केही समय काठमाडौं बसेका अध्यक्ष शाह अहिले वडाका योजना समावेश गर्ने गरि सहमति भएपछि काममा फर्किएको बताए । उनी एमालेबाट निर्वाचित वडाध्यक्ष छन् । उनले पटक-पटक राजीनामाको घुर्की लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे