राप्ती गाउँपालिकामा भदौ १ गते गुरही, गुडिया तथा नाग पञ्चमीको बिदा



राप्ती गाउँपालिकामा भदौ १ गते गुरही, गुडिया तथा नाग पञ्चमीको बिदा

भालुवाङ २९ साउन । दाङको राप्ती गाउँपालिकाले थारू समुदायको गुरही पर्व, मधेसी समुदायको गुडिया पर्व तथा नागपञ्चमीको अवसरमा भदौ १ गते सोमबार सार्वजनिक बिदा दिने भएको छ।

गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै भदौ १ गते गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयलगायत गाउँपालिकाअन्तर्गतका निकायमा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा बन्द रहने जनाएको हो।

गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीद्वारा जारी सूचनामा स्थानीय समुदायका महत्वपूर्ण पर्वका अवसरमा सार्वजनिक बिदा प्रदान गरिएको उल्लेख छ। बिदाको दिन अत्यावश्यक सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे