देउखुरीबाट १ हप्तामा ओभरलोड बोकेका ३० बढी ट्रक कार्बाहीमा



देउखुरीबाट १ हप्तामा ओभरलोड बोकेका ३० बढी ट्रक कार्बाहीमा

भालुवाङ १८ साउन । दाङको देउखुरीमा १ हप्ताको अवधीमा ओभरलोड बोकेका ३० बढी ट्रक कार्बाहीमा परेका छन् ।

ढुवानीका सवारी साधन ओभरलोड नियन्त्रणमा विभिन्न व्यक्तित्वहरुसँगको छलफल पश्चात् ट्रक व्यवसायीहरुको हकहितका निम्ति राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समितीले बिगत एक हप्ता देखि चेकजाँच गर्दै आएको छ ।

यसै क्रममा बिहीबार गढवा गाउँपालिका १ जुराैनीमा सिमेन्ट र मलखाँद बोकेका ओभरलोड ५ वटा ट्रक कारवाहीमा परेका छन् । यसरी कारवाहीमा पर्ने ट्रकहरूमा ना ५ ख ६९६३, ना ६ ख ४४६९, लु १ ख ९८२१,सु. प. प्र०१००१ ख २९०५ र ना ८ ख १३७७ नम्बरका ट्रक रहेको राप्ती अञ्चल संयुक्त ट्रक व्यवसायी समिती चेक पोष्ट जुराैनीका इन्चार्ज हिरा हमालले जानकारी दिएका छन् । ५ वटै ट्रकका चालकहरूलाई पहिलो पटक अवका दिनमा क्षमता भन्दा बढी माल नबोक्न कागज गराएर छोडिएको इन्चार्ज हमालले बताएका छन् ।

भारवान क्षमता भन्दा धेरै माल बोकेर हिडेका ट्रक सहितका भारवान साधनलाई ठाउँको ठाउँ कारबाही समेत गरिएको छ । यो अबधीमा करिब ३० वटा भन्दा धेरै साधनलाई ट्राफिक जरिवाना सहितको कार्बाही गरिएको हो ।

ट्राफिक प्रहरी, नेपाल प्रहरी, समितीका पदाधिकारी सहित अध्यक्ष रत्नप्रसाद श्रेष्ठ स्वयम् चेकजाँचमा खटिदै आईरहेका छन् । ओभरलोड निर्मुल पार्न लगातार चेकजाँच गरिने समितिका अध्यक्ष रत्नप्रसाद श्रेष्ठको भनाइ छ । ” भारवान क्षेमता भन्दा बढी सामान बोकेर ट्रकहरु बाटोमा दौडिदा एका तर्फ दुर्घटनाको डर छ अर्को तर्फ गाडिमा क्षेती पुग्छ , बाटो बिग्रन्छ” – श्रेष्ठले भने ।

ओभरलोड बाट खर्च उठाउने लोभमा प्रदा राज्यले तोकेको भाडा समेत ट्रक व्यावसायीहरुले पाउन सकेका छैनन – श्रेष्ठले थपे । यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारवाहन क्षमता २१ टन कायम गरेको छ। तर १२ चक्के ट्रकले २५ टनसम्म लोड बोकेको पाइएपछि २० बढी मालबाहक सवारीहरु कारबाहीमा परेका हुन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे