भालुवाङ- प्युठान सडक खण्डमा ठुलो पहिरो, अवरुद्व बाटो खुलाउन डोजर प्रयोग



भालुवाङ- प्युठान सडक खण्डमा ठुलो पहिरो, अवरुद्व बाटो खुलाउन डोजर प्रयोग

भालुवाङ १८ साउन । प्युठानको गर्जेनीमा बुधबार सुख्खा पहिरो जाँदा भालुवाङ- प्युठान सडक खण्ड अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय प्युठानले विहानै देखि बाटो खुलाउने काम जारी राखेको सडक डिभिजन कार्यालय प्यूठानका सब इन्जिनियर प्रकाश अधिकारीले जानकारी दिएका छन् । यो पहिरो त्यहाँको अवस्थालाई हेर्दा अहिलेसम्म कै सबैभन्दा ठूलो पहिलो भएको सबइन्जिनियर अधिकारीले बताएका छन् ।

लगभग पहिरो ६० मिटर भन्दा माथीबाट आएको उनले जानकारी दिए । उनका अनुसार त्यहाँ अहिले सडक खुलाउनको लागि ३ वटा मेसिनले काम गरिरहेको छ । साथै टाढाको यात्रा गर्ने यात्रुहरुले बैकल्पिक बाटो देविस्थान देखी घोराही सम्मको ४८ किलोमिटर हुँदै यात्रा गर्न अनुरोध गरिएको छ । तत्काल पहिरो हटाउन सक्ने जस्तो स्थिति नभएका कारण त्यहाँ कुरेर नबस्न पनि आग्रह गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे