मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते बस्नेतको निधन



मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते बस्नेतको निधन

दाङ १७ साउन । दाङमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक युवकको उपचारको क्रममा निधन भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर–१२ का ३० वर्षिय रेमन्त बस्नेतको भारतको लखनउमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।

बस्नेत सोमबार बेलुका तुलसीपुर–१२ रझेनास्थित मोटरसाइकल दुर्घटनामा परेका थिए । तुलसीपुरबाट उरहरीतर्फ जाँदै गरेको बस्नेतले चलाएको रा ७ प ३४१६ नम्बरको मोटरसाइकल सोहि दिशातर्फ जाँदै गरेको रा २ प ४३२२ नम्बरको स्कुटीसँग ठोक्किएको हो ।

दुर्घटनामा परी बस्नेतको टाउको र शरीरमा चोट लागेको थियो । दुर्घटनापछि गम्भीर घाइते बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि लखनउ लगिएकोमा निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे