बेलदमारमा रोकिराखेको टिपरमा यात्रुबाहक बस ठोक्किदा १७ जना घाइते



बेलदमारमा रोकिराखेको टिपरमा यात्रुबाहक बस ठोक्किदा १७ जना घाइते

लमही ९ साउन । दाङको लमहीमा रोकिराखेको टिपरमा यात्रुबाहक बस ठोक्किदा १७ जना घाइते भएका छन् । मंगलबार दिउँसो साढे ३ बजेतिर लमही नगरपालिका–६ स्थित लमही–घोराही सडकखण्डको बेलदमारमा लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख २०१७ नम्बरको बालुवा बोकेको टिप्परमा बिपरित दिशाबाट जाँदै गरेको ग १ ख ९९७८ नम्बरको बस ब्रेक फेल भई टिप्परमा ठोक्किदा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

घाइते हुनेमा राजपुर गाउँपालिका७ लैबरूवा बस्ने ५० वर्षिया रिता बिक, भारत मध्ये प्रदेश शिवाजी नगर भुषाल बस्ने २७ वर्षिय शनि बिष्ट, तुलसीपुर उपमहानगरपालिका १६ बस्ने ४२ वर्षिय हेम बहादुर बस्नेत (सशस्त्र बल नेपाल २९ नं. गण हे.क्वा. ज्वालामाही भालुवाङ दाङमा कार्यरत कार्यालय सहयोगी) रहेका छन् । त्यस्तै गढवा गाउँपालिका ४ बस्ने ३१ वर्षिय शम्भु चौधरी, रोल्पा रुन्टिगढी गाउँपालिका ६ बस्ने ५२ वर्षिय ईन्द्र सिंह घर्तीमगर, राप्ती गाउँपालिका ५ बस्ने २६ वर्षिय प्रमिला चौधरी, घोराही उपमहानगरपालिका१४ बस्ने २८ वर्षिय जुन माया परियार की छोरी ५ वर्षिय एसिका परियार, सोही ठाउँ बस्ने १७ वर्षिय खुसी परियार घाइते भएका छन् ।

त्यस्तै घोराही उपमहानगरपालिका१४ बस्ने ४६ वर्षिय रामकली बिक, घोराही ४ बस्ने १९ वर्षिय हिरा बुढामगर, तुलसीपुर १३ बस्ने ७७ वर्षिय बिजुली बहादुरघर्तीमगर, लमही ९ बस्ने ३० वर्षिय ओवीराम कुमाल, घोरारी ७ बस्ने ४६ वर्षिय कल्पना थापा, राजपुर ७ बस्ने ६७ वर्षिय भद्रिकला घर्तीमगर घाइते रहेका छन् । घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे