तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको स्कार्पियोलाई खोलामा आएको बाढीले बगायाे



तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको स्कार्पियोलाई खोलामा आएको बाढीले बगायाे

दाङ ९ साउन । लगातारको वर्षासँगै आएको बाढीले दाङको तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको स्कार्पियो बगाएको छ। तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बगाएको हो ।

बिहान पौंने ११ बजेतिर बाढीले बगाएको स्कार्पियो निकाल्ने प्रयास भइ रहेको प्रहरी सहायक निरीक्षक दीपक चन्दले जानकारी दिएका छन् । स्कार्पियोमा चालक मात्रै रहेको र उनको उद्धार गरिएको प्रहरीले बताएको छ । जिल्लामा बिहान देखि परिरहेको पानीका कारण नदी तथा खोलाहरुमा पानीको बहाब ह्वात्तै बढेको छ । सरोकारवालाहरुले सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे