राप्ती नदीमा बगेर वेपत्ता कुमाल ५ दिन पछि मृत भेटिए



राप्ती नदीमा बगेर वेपत्ता कुमाल ५ दिन पछि मृत भेटिए

लमही ८ साउन । राप्ती नदीमा बगेर वेपत्ता भएका लमही नगरपालिका-९ कोल्तरा निवासी वर्ष ५२ का रामलाल कुमाल मृत अवस्थामा भेटिएका छन ।

लमही नगरपालिका-९ अमिलियाको राप्ती घाटमा भैसिं चराउन गएका मानिसले देखेर प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय अमिलियाको टोली पुगेको लमही नगरपालिका-९ का वडा अध्यक्ष भेष बहादुर केसीले जानकारी दिए । साउन ३ गते बुधवार राजपुर गाउँपालिका-७ सिक्टाबाट काम सकेर अपरान्ह घर फर्किने समयमा उनि राप्ती नदीमा बगेर बेपत्ता भएका थिए ।

बेपत्ता भएका कुमालको स्थानीय र सुरक्षाकर्मीद्वारा खोजि कार्य गर्दा समेत फेला पर्न सकेका थिएनन । मृतकका आफन्तहरुलाई खबर भैसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे