राप्ती गाउँपालिकाको करम्दी खोलामा नुहाउने क्रममा डुवेर एक बालकको मृत्युु



राप्ती गाउँपालिकाको करम्दी खोलामा नुहाउने क्रममा डुवेर एक बालकको मृत्युु

भालुवाङ २४ असार । दाङको देउखुरीमा एक बालकको नुहाउने क्रममा खोलामा डुवेर मृत्यु भएको छ ।

आइतबार दिउँसो ३:२५ बजेको समयमा राप्ती गाउँपालिका ३ करम्दीखोलामा नुहाउने क्रममा सुनछहारी गाउँपालिका ३ भित्रीगाम रोल्पा घर भई हाल राप्ती गाउँपालिका ३ नयाँबस्ती मसुरीयामा हजुरआमाको घरमा बसेर पढ्दै आएका सनबहादुर बुढामगरका ६ वर्षिय छोरा खिमान बुढामगरको खोलामा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

साथी सँग नुहाउन गएका ती बालक खोलामा डुवेर घाइते भएको अवस्थामा स्थानीयले प्रहरीलाई खवर गरेका थिए । घाइते अवस्थामा रहेका ती बालकलाई प्रस्तावित भालुवाङ अस्पतालमा लगे लगत्तै चिकित्सकले दिउँसो ४ बजे मृत घोषणा गरेका थिए । मृतक बालकको शवलाई पोष्टमार्टमका लागि अहिले लमही अस्पतालको शवगृहमा राखिएको छ । मृतक बालक सिद्वार्थ बोडिङ स्कुल युकेजीमा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे