राप्ती गाउँपालिकाको बगरापुर गाउँ सरसफाई



राप्ती गाउँपालिकाको बगरापुर गाउँ सरसफाई

सिसहनियाँ २४ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ बगरापुर गाउँ सरसफाई गरिएको छ ।

अन्नपुर्ण टोल विकास संस्था अध्यक्ष हरिचन्द्र चाैधरी र शिवशक्ति टोल विकास संस्थाका अध्यक्ष रामप्रताप चाैधरीको नेतृत्वमा ३ सय बढी स्थानीय गाउँलेहरूको उपस्थितिमा सरसफाई गरिएको शिवशक्ति टोल विकास संस्थाका सदस्य प्रेमलाल चाैधरीले जानकारी दिएका छन् ।

वर्षाको समयमा विषालु सर्प तथा किराहरू बाट वचन र गाउँलाई सफा सुग्घर राख्न तथा वातावरण साैन्दर्यकरणका लागि गल्लीमा रहेका फोहोर हटाउने झाडी सफा गर्ने र खाल्डाखुल्डी पुर्ने कार्य गरिएको संस्थाका सदस्य चाैधरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे