सिरिन भ्यालीले ल्यायो एसईईको शतप्रतिशत नतिजा



सिरिन भ्यालीले ल्यायो एसईईको शतप्रतिशत नतिजा

भालुवाङ २३ असार । दाङको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको सिरिन भ्याली पब्लिक स्कुलले यस वर्षको एसईईको परीक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।

बिहीबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफलमा सो स्कुलले ४४ जना विद्यार्थीमा ४४ जना विद्यार्थी नै राम्रो ग्रेडमा उत्र्तीण हुन सफल भएको विद्यालयका प्रिन्सिपल खिमबहादुर केसीले जानकारी दिएका छन् । प्रिन्सिपल केसीले दिएको जानकारी अनुसार २ जनाले ए प्लस, ६ जनाले ए, २२ जनाले बी प्लस, ११ जनाले बी, ३ जनाले सी प्लस छन् ।

शतप्रतिशत विद्यार्थी उत्र्तीण हुनुमा शिक्षक र विद्यार्थीको मेहनत, अभिभावकको लगानी शुभ चिन्तकहरुको सल्लाह सुझाव, माया हौसलाले गर्दा शिक्षा क्षेत्रमा राम्रो गरिरहेको प्रिन्सिपल केसीको भनाई छ । शतप्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल भएकोमा विद्यालयका प्रिन्सिपल केसीले शिक्षक, विद्यार्थी, अभिभावक र शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे