राष्ट्रिय समाचार समिति दाङका प्रमुख रजाैरेलाई पति शाेक



राष्ट्रिय समाचार समिति दाङका प्रमुख रजाैरेलाई पति शाेक

तुलसीपुर १७ मंसिर। राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरेलाई पति शाेक परेकाे छ । लामाे समयदेखि मिर्गाैला क्यान्सरबाट पीडित रजाैरेका श्रीमान तुलसीपुर उपमहानगरपालिका,६ निवासी हरिप्रसाद अधिकारीकाे मंगलवार बेलुका ५१ बर्षकाे उमेरमा निधन भएकाे हाे ।
क्यान्सर पीडित अधिकारीकाे उपचारका लागि काठमाडाैं, भारतकाे लखनउमा समेत लगिएकाे थियाे । उनको अन्तेष्टी बुधबार (आज) बिहान ११ बजे बबई स्थित सितलपुरघाटमा गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे