लुम्बिनी प्रदेशसभामा प्रमुख प्रतिपक्ष एमालेकाे नाराबाजी पछि संसद बैठक स्थगित
भालुवाङ (दाङ) १७ असार । लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन् । असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै बिरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन । त्यसपछि अवरुद्ध संसद् बैठक आइतबारको लागि आह्वान गरिएको थियो ।
एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ। सांसदहरु रोष्टम अगाडि उभिएर नाराबाजी गर्दै विरोध जनाएका थिए।
अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरेका छन् । मन्त्री मास्की बोल्दै गर्दा एमाले सांसदहरु रोष्ट्रम घेराउ गर्न पुगेका थिए ।
अवरोधका कारण आइतबारको लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । बैठक पुन: भाेली सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुख तुलाराम घर्तीले जानकारी दिनु भएकाे छ ।