दाङमा चट्याङ लागेर २ जनाको मृत्यु



दाङमा चट्याङ लागेर २ जनाको मृत्यु

दाङ ९ असार । चट्याङ लागेर दंगीशरण गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ ।

सोमबार कामको सिलसिलामा खेतवारीमा काम गरिरहेका बेला चट्याङ लाग्दा दंगीशरण–६ का ३२ वर्षीय समिर केसी र वडा नं. ३ का ३७ वर्षीय रामनारायण चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

अपरान्ह चट्याङ लागेर गम्भीर घाइते भएका दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे