लुम्बिनीमा असार १० गते बस्ने प्रदेश सभाकाे बैठक स्थगित : बजेटमा सत्तापक्षकै असन्तुष्टि



लुम्बिनीमा असार १० गते बस्ने प्रदेश सभाकाे बैठक स्थगित : बजेटमा सत्तापक्षकै असन्तुष्टि

भालुवाङ ९ असार । लुम्बिनी प्रदेश सभाको असार १० गते आईतबार बस्ने सभाकाे दाेस्राे अधिबेशनकाे बाह्राै बैठक स्थगित भएको छ ।

आर्थिक बर्ष ८०/८१ का बजेट माथीकाे छलफलकाे लागी आव्हान गरिएकाे बैठक स्थगित हुनुकाे प्रमुख कारण सत्ता पक्षनै देखिन्छ । स्थानिय तह वित्त हस्तान्तरण तर्फकाे
आयाेजना तथा कार्यक्रम अर्थात शसर्त अनुदानमा सत्ता गठबन्धनकाे सहमति बिपरितकाे बजेट आएकाे भन्दै सत्ता पक्षभित्रै चर्काे आलोचना सुरु भएकाे छ । भुगाेल र जनसंख्याका आधारमा समान बजेट हुनुपर्नेमा मुख्यमन्त्री र अर्थमन्त्री केन्द्रित बजेट ल्याएकाे भन्दै बिराेध सुरु भएकाे छ ।

नेपाली काङ्ग्रेसका नेतृ जमुना ढकालले अहिलेकाे बजेट नितिगत निर्णय अनुसार नआएको भन्दै असन्तुष्टि व्यक्त गरेकि छिन । लुम्बिनी सरकारकाे अर्थमन्त्रालले एकल शैलीमा आफु अनकुल बजेट ल्याएकाे भन्दै अर्थ निकाय फितलो भएकाे समेत दाबि गरिन । उनले भनिनि स्थानिय तह सगँ समन्वय गरी पाठाएका शसर्त अनुदानका याेजना पुरै कटाैती भए । याे नसच्चिदा सम्म बजेट पास हुन सक्दैन हाम्रा सबै याेजना कटाैती भए यस्काे जिम्मेबारी कस्ले लिने हामी ताली बजाउन र सरकारलाई समर्थन गर्न मात्रै प्रदेश सभा गएका हैनाै हाम्राे पनि जनताहरु प्रतिकाे दायित्व छ ढकालले भनिन ।

सत्ता पक्षमा रहेका माओबादि केन्द्रका प्रमुख सचेतक ईन्द्रजीत थारुले अब बजेट सच्चाउन सम्भव नरहेकाे भन्दै । बजेट संशाेधनाका लागी सभा स्थगित हुनु भनेकाे सरकारकाे अपरिपक्कता र गाैरजिम्मेवारी पना व्यवहार देखिने बताए ।

सत्तापक्षका केहि संसाद र प्रतिपक्ष दलका सासंदहरुले मुख्यमन्त्री र अर्थमन्त्री आफु केन्द्रित रहेर ल्याएकाे बजेट र शसर्त अनुदानकाे बजेट पूर्ण रुपमा सच्चाएर मात्रै बजेट पास गर्न सरकार समक्ष माग समेत गरेका छन यदि बजेट नसच्चिएकाे खण्डमा भने बजेट पास हुन नदिने दाबि समेत उनहरुले गरेका छन ।

प्रदेश सभाकाे बैठक असार १३ गते बुधबारका लागी सारिएकाे छ । अर्थमन्त्रीकाे अुराेधमा सभामुखकाे निर्देशन अनुसार बिशेष कारण बहस बैठक स्थगित गरिएकाे प्रदेश सभाका सचिव दुर्लभ कुमार पुनले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे