देउखुरीको बिजाैरीमा मोटरसाइकल र साइकल ठोक्किदा ३ जना घाइते



देउखुरीको बिजाैरीमा मोटरसाइकल र साइकल ठोक्किदा ३ जना घाइते

सिसहनियाँ ८ असार । दाङको देउखुरीमा मोटरसाइकल र साइकल ठोक्किदा ३ जना घाइते छन् ।

शुक्रबार राति करिव पा‌ैने ९ बजेको समयमा लमही- भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ८ बिजाैरीमा पुर्वबाट पश्चिम तर्फ गइरहेको साइकललाई सोही दिशा तर्फ गइरहेको रा १ प ३०२५ नम्बरको मोटरसाइकलले ठोक्कर दिदा ३ जना घाइते भएको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरूमा मोटरसाइकल चालक राप्ती गाउँपालिका ६ मझेरिया निवासी ५० वर्षिय अमरेन्द्र चाैधरी र उनको साली नाता पर्ने मोटरसाइकल पछाडि सवार लमही नगरपालिका ४ वनघुस्री निवासी २७ वर्षिय प्रमिला चाैधरी र साइकल चालक राप्ती गाउँपालिका ८ पिपरी निवासी २१ वर्षिय संजिप चाैधरी रहेका छन् ।

घाइते मध्ये मोटरसाइकलमा सवार दुवै जनाको अनुहारको विभिन्न भागमा चोट लागेकोले सिसहनियाँ स्वास्थ्य चाैकीमा सामान्य उपचार पछि थप उपचारका लागि लमही पठाएको छ भने साइकल चालक सामान्य घाइते भएकाले उनी सिसहनियाँ स्वास्थ्यमा उपचारपछि घर फर्किसकेका छन् । ठक्कर दिने मोटरसाइकल इलाका प्रहरी कार्यालय सिसहनियाँले आफ्नो नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे