राप्ती प्रेस मञ्चको ६ महत्त्वपूर्ण निर्णय, ७ जनाकाे नयाँ सदस्यता स्वीकृत



राप्ती प्रेस मञ्चको ६ महत्त्वपूर्ण निर्णय, ७ जनाकाे नयाँ सदस्यता स्वीकृत

भालुवाङ ६ असार । राप्ती प्रेस मञ्चको बैठक मंगलवार राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सम्पन्न भएको छ । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा बसेको बैठकले ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ ।

मञ्चले असार १५ गते राष्ट्रिय धान दिवस राप्ती गाउँपालिका सँग सहकार्य गरेर मनाउने, साउन १३ गते मञ्चको पहिलो साधारणसभा तथा अधिवेशन पर्यटकीय स्थल हर्षेडाँडामा राख्ने, मञ्चले सुचना समाचारलाई थप प्रभावकारी बनाउन राप्ती मिडिया हाउस दर्ता गरी डिजिटल अनलाइन मिडिया सञ्चालन गर्ने र सो को जिम्मेवारी मञ्चका अध्यक्ष अर्जुन अधिकारी र वरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गुप्तालाई दिने निर्णय भएको मञ्चका महासचिव ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।

त्यस्तै मञ्चको नयाँ सदस्यता लिन फर्म भरेका प्रशिक्षार्थी पत्रकार तथा अन्य सञ्चारकर्मीहरूको कार्यदक्षता र रिपोर्टिङका आधारमा ७ जनाकाे सदस्यता स्वीकृत गरिएको मञ्चका महासचिव गुप्ताले जानकारी दिएका छन् । यसरी सदस्यता स्वीकृत हुनेहरूमा शिबबहादुर एमसी (बिदुर), मुक्तिराम पाैडेल, लालमणि भुसाल, देबेन्द्रराज कडेल (श्रीधर), लक्ष्मी पाेख्रेल, सिर्जना थापा र निशाकुमारी चाैधरी रहेका छन् । भने सन्ताेष थापा, अनुप एमसी र माेतीराम भट्टराईलाई बैकल्पिक सदस्यकाे रूपमा सदस्यता स्वीकृत गर्ने निर्णय गरेकाे महासचिव गुप्ताले जानकारी दिएका छन् ।

यस्तै मिडिया हाउस तथा सञ्चारकर्मीहरूको विकासका लागि राप्ती गाउँपालिकाले यस आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा महत्त्वपूर्ण कार्यक्रमहरू ल्याएकोमा विशेष धन्यवाद दिने र सो कार्यक्रमका लागि आवश्यक बजेट विनियोजनका लागि जोडदार पहल गर्ने निर्णय भएको मञ्चका महासचिव गुप्ताले जानकारी दिएका छन् ।

मञ्चले पछिल्लो समय दाङ देउखुरी क्षेत्रमा हुने गरेको अघोषित लोडसेडिड अन्त्य र राप्तीमा सञ्चालनमा रहेको विद्युत महसुल काउन्टर यथास्थानमा राख्न तथा अन्य क्षेत्रका जनतालाई पायक पर्ने ठाउँमा विद्युत महसुल काउन्टर स्थापना गर्न माग गर्ने निर्णय भए बमोजिम मंगलबार नै नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लमहीलाई मंगलबार ज्ञापनपत्र समेत बुझाइ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे