राप्तीको ९ स्थानमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न



राप्तीको ९ स्थानमा निशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

भालुवाङ ४ असार । दाङको राप्ती गाउँपालिकाको विभिन्न ९ स्थानमा ५ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ।

गाउँपालिकाले पशुसेवा केन्द्रहरूबाट टाढा रहेका पहाडी बस्ती तथा पशुपालनको बाहुल्यता भएको क्षेत्रलाई लक्षित गरि सो शिविर संचालन गरिएको हो। पालिकाको वडा नम्बर १ को मछीताल, पिपलटारी, खर्क, २ को बाउन्नेपाटा, ५ को करङ्गेकोट, थकरीकोट, भुल्के र वडा नम्बर ९ को मसुरीडाँडा, रुपाकोट गरि ९ स्थानमा शिविर सम्पन्न भएको हो।

शिविरमा पशुहरुमा देखिने विभिन्न किसिमका आन्तरिक तथा बाह्य रोगहरु नियन्त्रण र रोकथाम सम्बन्धी खोप, औषधी वितरण, भाले पशुहरुको बन्ध्याकरण गरिनुका साथै ब्यवस्थित पशुपालन सम्बन्धि परामर्श समेत दिईएको पशु सेवा शाखाका शाखा प्रमुख जीवराज पौडेलले जानकारी दिए ।

गत जेष्ठ ३० देखि असार ३ गते सम्म सञ्चालित उक्त शिविरमा कुल ३ सय ६७ कृषक परिवारका ९ सय ७४ गाईभैसी, ४ हजार ७ सय ७ भेडा बाख्रा, १ सय ७ बंगुर, ४ हजार २ सय ४९ कुखुराको उपचारका गरिनुका साथै ४४ वटा कुकुरमा रेबिज खोप, १ सय ८ बोका तथा ४ वटा बहरको बन्ध्याकरण गरिएको शाखा प्रमुख पौडेलले जानकारी दिए ।

शिवरमा पशुसेवा शाखा तथा पशु उपचार केन्द्रका प्राबिधकहरूले सेवा प्रदान गर्नु भएको थियो । पशुस्वास्थ्य सेवाको पहुँचबाट टाढा तथा विकट बस्तीमा रहेका कृषकहरूलाई घुम्ती शिविरको आयोजना गरेर पशुस्वास्थ्य सेवा उपलब्ध गराईएको र स्वस्थकर पशुजन्य पदार्थ उत्पादन तथा कृषकहरूको आम्दानीमा बृद्दि ल्याउन समेत यसले ठुलो टेवा पुग्ने गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे