पाँचथरमा बाढी : ५ जना बेपत्ता, मेची राजमार्गको पुल बगायो



पाँचथरमा बाढी : ५ जना बेपत्ता, मेची राजमार्गको पुल बगायो

पाँचथर ३ असार । पाँचथरको फिदिम स्थित हेवा खोलामा आएको बाढीका कारण ५ जना बेपत्ता भएका छन् । गएराति आएको बाढीले १० वटा घर बगाएको पाँचथरका डिएसपी हरि खतिवडाले रातोपाटीलाई बताए ।

बेपत्ता हुनेमा आशिष बुढाथोकी, एलिस बुढाथोकी, तिल कुमार तामाङ, सन्जोग लिम्बु र राजकुमार राई छन् । कोशी प्रदेशका डिआइजी राजेशनाथ बास्तोलाका अनुसार पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्गको पक्की पुल बगाएको छ ।
फिदिम नगरपालिका–४ र ताप्जेलुङको हिलिहङ गाउँपालिका–७  जोड्ने मोटरेवल पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको डिआइजी बास्तोलाले बताए ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे