बाँकेमा एकै गाउँका दुई समुह बिच झडप हुँदा एक जनाको मृत्यु, पाँच जना घाईते



बाँकेमा एकै गाउँका दुई समुह बिच झडप हुँदा एक जनाको मृत्यु, पाँच जना घाईते

नेपालगन्ज १६ मंसिर । बाँकेको जानकी गाँउपालिका ५ बनियाँ गाँउका दुई पक्ष बिच झडप हुदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाईते भएका छन् । सोमबार बेलुका उक्त गाउका स्थानीयहरु बीच झडप हुँदा सोही वडाका धनिराम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता डिएसपी सुवाश खडकाले जानकारी दिए ।

उक्त झडपमा परी स्थानीय पञ्चराम यादव, मुन्ना खटिक, राम नारायण गुप्ता, मनदेवी काँदु, पर्वत काँदु घाइते भएको डिएसपी खड्काले जानकारी दिए । झडपमा घाईते भएका यादवको उपचारमा क्रममा नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्जमा मृत्यु भएको हो । प्रहरीका अनुसार घटनामा संलग्न ४ जनालाई प्रकाउ गरिएको छ ।

हरेक वर्ष पूर्णिमाका दिन सोही ठाउँमा लाग्ने गुरुवा गाउँ मेलामा सामान्य विवाद भएपछि प्रहरीले दुबै पक्षलाई सम्झाएर पठाएको थियो । उक्त स्थानमा हाल बाक्लो रुपमा प्रहरीहरु परिचालन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे