प्यूठानकाे स्वर्गद्धारीमा जिप दुर्घटना : ८ घाइते, थप विवरण आउन बाँकी



प्यूठानकाे स्वर्गद्धारीमा जिप दुर्घटना : ८ घाइते, थप विवरण आउन बाँकी

प्यूठान २९ जेष्ठ । स्वर्गद्वारी दर्शन गरी फर्कने क्रममा दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । प्यूठानकाे स्वर्गद्धारी नगरपालिका स्थित भिंगृ नजिकै लु १ च ६३४५ नं को कार दुर्घटना हुँदा २ जना पुरुष, २ जना महिला र ४ जना बच्चा घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार ४ जना गम्भीर घाइते अवस्थामा छन् । उनीहरुको उद्धार गरी उपचारको लागि प्रथमिक स्वास्थ्य केन्द्र भिंगृमा लैजाने तयारी भएको जिल्ला प्रहरी प्रमुख डिएसपी शुवास खड्काले जानकारी दिए । घटनाको थप विवरण आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे