बास नेपाल लुम्बिनी प्रदेश संयोजकमा खेम विष्ट सर्वसहमतिले चयन



बास नेपाल लुम्बिनी प्रदेश संयोजकमा खेम विष्ट सर्वसहमतिले चयन
लमही २७ जेठ । बागेश्वरी असल शासन युवा क्लव ( बास नेपाल) लुम्बिनी प्रदेश संयोजकमा खेम विष्ट सर्वसहमतिले चयन भएका छन् ।  शुक्रबार दाङको लमही नगरपालिकाको सभाहलमा आयोजित भ्रष्टाचार बिरुद्ध दोश्रो लुम्विनी प्रदेश स्तरीय युवा सम्मेलन मार्फत विष्टको संयोजकत्वमा ५ सदस्यीय प्रदेश समिति चयन गरेको हो ।
जसको सह-संयोजकमा समिर ओली,  सदस्य सचिवमा रामबहादुर परियार र सदस्यहरूमा प्रदिप बोहरा, बिमला घर्ती रहेका छन् । यस्तै बास नेपालले देशभरका पालिकाहरूमा शाखा विस्तार गर्ने योजना समेत बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे