११ बुँदे घोषणापत्र जारी गर्दै भ्रष्टाचार बिरुद्ध दोश्रो लुम्विनी प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न



११ बुँदे घोषणापत्र जारी गर्दै भ्रष्टाचार बिरुद्ध दोश्रो लुम्विनी प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न

लमही २७ जेठ । ११ बुँदे घोषणापत्र जारी गर्दै भ्रष्टाचार बिरुद्ध दोश्रो लुम्विनी प्रदेश स्तरीय युवा सम्मेलन सम्पन्न भएको छ ।

बास नेपाल लुम्विनी प्रदेशको आयोजना एवम् बिभिन्न निकाय तथा संस्थाहरुको सहयोग, सहकार्यमा भ्रष्टाचार बिरुद्ध दोश्रो प्रदेश स्तरीय युवा सम्मेलन शुक्रबार लमही नगरपालिकाको सभाहल सम्पन्न भएको हो ।

११ बुँदे घोषणापत्रको पुर्णपाठ
१. बिगतमा सयौं भ्रष्टाचारका काण्ड र दोषीलाई कार्वाही नगरेरै गुपचुप बनाईयो अहिले देशको छबिलाईनैं धुमिल गराउने गरि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनका लागि भएको राज्यशक्तिको दुरुपयोगबाट बिश्वमा बद्नाम हुने स्थिती सृजना भएको छ । व्यक्तिगत स्वार्थका लागि नेपाली नागरिकलाई बेच्ने कार्य घृणित र देशद्रोही काम भएको आम नागरिकको बुझाई रहेको छ । त्यसैले यस अपराधमा संलग्न कसैलाई पनि कुनै बाहनामा नछाड्न सम्मेलन जोडदार माग गर्दछ ।

२. सम्मेलन भ्रष्टाचारबिरुद्ध शुन्य सहनशीलताको बिकास गरि भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।

३. सम्मेलन भ्रष्टाचारबिरुद्ध लुम्विनी प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय र प्रदेश सभाका साँसद र स्थानीय तहका प्रतिनिधिहरुलाई प्रश्न सोधी जवाफदेहिता खोज्ने प्रण गर्दछ ।

४. सार्वजनिक निकायको जवाफदेहिता प्रबद्र्धन गर्नका लागि सूचना माग्ने संस्कृतिको बिकास गर्ने सम्मेलन प्रतिबद्धता जाहेर गर्दछ ।

५. भ्रष्टाचारबिरुद्धका ऐन, नियम, नियमावली अक्षरशः कार्यान्वयन गर्न सम्मेलन सम्बद्धसँग जोडदार माग गर्दछ ।

६. सार्वजनिक सेवा प्रबाहलाई चुस्त, दुरुस्त पार्न सार्वजनिक निकाय समक्ष सम्मेलन अपिल गर्दछ ।

७. आम नागरिकको हक सूचनाको हक सुनिश्चित गर्न सम्बद्ध सबै पक्षसँग सम्मेलन जोडदार माग गर्दछ ।

८. नागरिक गुनासो सुनुवाई सम्बन्धिको कार्यबिधि तत्काल ल्याउन तीन तहकै सरकारसँग माग गर्दै भ्रष्टाचार बिरुद्ध गुनासो सुनुवाईका लागि हेलो लुम्विनी प्रदेश सरकार नामक गुनासो सुनुवाई संयन्त्र बनाउन सम्मेलन माग गर्दछ ।

९. भ्रष्टाचार बिरुद्ध संकल्प प्रस्ताव पारित गर्न लुम्विनी प्रदेश सरकारसँग जोडदार माग गर्दछ ।

१०. लुम्विनी प्रदेश सरकारलाई सुशासन ऐन, सूचनाको हक सम्वन्धि ऐन, सार्वजनिक खरिद ऐन लगायत सुशासन प्रबद्र्धन गर्नका लागि आवश्यक ऐनहरु बनाउन जोडदार माग गर्दछ ।

११) विगतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भएको अचुचित कार्य र स्टिङ अपरेसन सम्बन्धी कानुनी व्यवस्थालाई पुनरवहाली गर्न सम्मेलन जोडदार माग गर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे