राप्ती गाउँपालिकामा किशोरी सञ्जाल गठन : अध्यक्षमा पुजा कुवर



राप्ती गाउँपालिकामा किशोरी सञ्जाल गठन : अध्यक्षमा पुजा कुवर

भालुवाङ २६ जेठ । दाङको राप्ती गाउँपालिकामा बिहीबार पालिका स्तरीय किशोरी सञ्जाल गठन गरिएको छ। पुजा कुवरकाे अध्यक्षतामा ११ सदस्य साे सञ्जाल गठन गरिएको हाे।

जसकाे उपाध्यक्षमा सरस्वती पुन मगर ,सचिवमा अस्मिना चाैधरी,काेषाध्यक्षमा मधु गिरी रहेका छन्। भने सदस्यहरुमा विन्दु सारु,प्रतीक्षा भण्डारी ,निशा चाैधरी,रीतु चाैधरी,सरीता परियार ,आरजु परियार र अनिशा चाैधरी चयन भएका छन्। त्यस्तै सञ्जालको पहिलो बैठकले प्रत्येक त्रैमासिक रुपमा नियमित बैठक बस्ने र विभिन्न किसिम चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेकाे छ।

बालविवाह रोकथाम, किशोरीहरुको हकहित र क्षमता अभिवृद्धिक गर्ने उदेश्यले महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सञ्जाल गठन गरिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी शाखा प्रमुख जीवन कुमारी जिसीले बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे