राप्ती ८ मा सञ्चालित २ महिने सिलाईकटाई तालिम सकियो



राप्ती ८ मा सञ्चालित २ महिने सिलाईकटाई तालिम सकियो

भालुवाङ २३ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ८ को पिपरीमा सञ्चालित २ महिने सिलाईकटाई तालिम मंगलवार सकिएकोे छ ।

राप्ती गाउँपालिका ८ नम्बर वडा कार्यालयको आयोजनामा दलित तथा अति विपन्न महिलाहरुका लागि सञ्चालित २ महिने सिलाईकटाई तालिमको मंगलबार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको हो । तालिमको समापन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तालिम तालिममा मात्र सिमित नराखी महिला दिदीबहिनीहरुलाई व्यवसायीक बन्न आग्रह गरेका छन् । प्रमुख अतिथि समेत रहेका अध्यक्ष विष्टले महिलाहरुलाई नेपालमै उत्पादित कपडा प्रयोग गर्न सुझाव समेत दिएका छन् ।

त्यस्तै अध्यक्ष विष्टले यस आर्थिक वर्षको बजेटमा महिला, बालबालिका, युवा तथा लक्षित वर्गका लागि उद्यम विकास तालिम समेट्ने बताएका छन् । वडा अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, पिपरी गाउँ अगुवा पुरन चौधरी, तालिमका सहभागीहरु कल्पना पुन मगर र बसन्ती भट्टराई लगायतका वक्ताहरुले शुभकामना मन्त्वय व्यक्त गरेका थिए । वडा सदस्य भानु विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार ओमप्रकाश गुप्ताले गरेका थिए । तालिममा २५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे