निरोगीताका लागि योग र प्राकृतिक चिकित्सा स्वास्थ्य एकदमै जरुरी छ : मुख्यमन्त्री आचार्य
बुटवल ८ मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योग र प्राकृतिक चिकित्सा रोग निवारणको लागि मात्र नभई स्वास्थ्य प्रवद्र्धन र जीवनशैली सुधारका लागि महत्वपूर्ण रहेको बताएका छन् । सैनामैना नगरपालिका–१. मा रहेको पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयको अवलोकनको क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले नागरिकको समग्र स्वास्थ्य सुधारमा योगदान पु¥याउन योग र प्राकृतिक चिकित्सा स्वास्थ्यलाई प्राथमिकतामा राखेको बताएका हुन् ।
निरोगी प्रदेशवासी अभियानलाई सफल बनाउन योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्य जरुरी रहेको भनाई उनको छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको जानकारी दिदै मुख्यमन्त्री आचार्यले स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न योग तथा प्राकृतिक चिकित्सा स्वास्थ्यलाई अघि बढाउने विचार व्यक्त गरे । ‘स्वास्थ्य कार्यक्रमहरुमा योग र प्राकृतिक चिकित्सालाई समावेश गरेर दीर्घकालीन रणनीति तयार गर्छौं’उनले भने,‘यसका लागि योग केन्द्ररुको प्रवद्र्धन गर्ने, जनचेतना कार्यक्रम सञ्चालन गर्ने लगायतका रणनीतिक योजना बनाउन जरुरी छ । यसमा सरकारले ध्यान दिन्छ ।’
प्रदेश सरकारले सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरुबाट योग तथा प्राकृतिक चिकित्सा सम्वन्धि परामर्श समेत दिनेगरी कार्यक्रम बनाउने बताए । लुम्बिनी प्रदेश सरकारले आयूर्वेद अस्पताल तथा उपचार केन्द्रहरुमा सेवाहरु थप गर्ने जानकारी दिए । यसका साथै प्राकृतिक चिकित्सक, परामर्शदाताहरुको उत्पादनमा ध्यान दिने, शिक्षामा योग र प्राकृतिक चिकित्सा बिषयलाई पाठ्यक्रमको रुपमा समावेश गरेर व्यापक बनाउने बारेमा पनि सरकारले ध्यान दिने बताए । सो अवसरमा पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयका अध्यक्ष
चित्र कार्कीले योग र प्राकृतिक चिकित्सालयको बारेमा जानारी दिदै योग र प्राकृतिक चिकित्सा स्वास्थ्यलाई प्राथमिकतामा राखेर कार्यक्रम बनाउन सुझाव दिए ।