किसानहरूको आर्थिक स्तर उकास्न प्रविधि र वित्तीय साधनहरूको सही उपयोगमा जाेड
भालुवाङ ७ मंसिर । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले किसानहरूको आर्थिक सशक्तीकरण र उत्पादनशीलताको वृद्धि गर्न आधुनिक प्रविधि र वित्तीय साधनहरूको सही उपयोग गर्न आवश्यक रहेको बताएका छन्।
एनएमबि बैंक लिमिटेड र खेती एपको सहकार्यमा सुरु गरिएको डिजिटल प्रविधिमा आधारित बिना धितो एनएमबि खेती कर्जाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले उक्त योजना किसानहरूको लागि प्रभावकारी हुने बताए । अध्यक्ष विष्टले भने, “आधुनिक प्रविधि र वित्तीय साधनहरूको सही उपयोगले किसानहरूको आर्थिक विकास सम्भव छ। कृषि क्षेत्रमा वित्तीय पहुँच पुर्याउन यो योजना महत्वपूर्ण कदम हो। यसले किसानहरूलाई सरल, छिटो र पारदर्शी ढंगले कर्जा उपलब्ध गराउँदै कृषि उत्पादन वृद्धि गर्न सहयोग पुर्याउनेछ। स्थानीय सरकारले यस्ता योजनाहरूलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।”
एनएमबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा सुरु गरिएको यो कर्जा योजना नेपालमै पहिलो पटक डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा हो। खेती एपका संस्थापक राजिप न्यौपानेका अनुसार किसानहरूले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जाको प्रयोग गरी ५ मिनेटभित्रै २ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्। यस योजनाको उद्देश्य वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरूलाई सहज र झन्झटरहित तरिकाले कर्जा उपलब्ध गराउनु हो। किसानहरूले यो कर्जा कृषि बिउ बिजन, कृषिजन्य उपकरण, तथा अन्य आवश्यक सामग्री खरिद गर्न सरल किस्ताबन्दीमा बिना धितो प्राप्त गर्न सक्नेछन्। यस प्रणालीले किसानहरूको डिजिटल कारोबार, खेतीको अवस्था र योगदानको मूल्याङ्कन गरी कर्जा स्वीकृत गर्ने भएकाले पारदर्शी र विश्वासिलो बनाएको छ। ग्राहकहरूले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्न सक्ने सुविधा पाउनेछन् भने कर्जा चुक्ता गरिसकेपछि पुनः तुरुन्तै अर्को कर्जा लिन सक्नेछन्।
याउन यो योजना महत्वपूर्ण कदम हो। यसले किसानहरूलाई सरल, छिटो र पारदर्शी ढंगले कर्जा उपलब्ध गराउँदै कृषि उत्पादन वृद्धि गर्न सहयोग पुर्याउनेछ। स्थानीय सरकारले यस्ता योजनाहरूलाई निरन्तरता दिन आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।” एनएमबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा सुरु गरिएको यो कर्जा योजना नेपालमै पहिलो पटक डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा हो। खेती एपका संस्थापक राजिप न्यौपानेका अनुसार किसानहरूले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जाको प्रयोग गरी ५ मिनेटभित्रै २ लाख रुपैयाँसम्म बिना धितो कर्जा प्राप्त गर्न सक्नेछन्। यस योजनाकाे उद्देश्य वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरूलाई सहज र झन्झटरहित तरिकाले कर्जा उपलब्ध गराउनु हो। किसानहरूले यो कर्जा कृषि बिउ बिजन, कृषिजन्य उपकरण, तथा अन्य आवश्यक सामग्री खरिद गर्न सरल किस्ताबन्दीमा बिना धितो प्राप्त गर्न सक्नेछन्।
यस प्रणालीले किसानहरूको डिजिटल कारोबार, खेतीको अवस्था र योगदानको मूल्याङ्कन गरी कर्जा स्वीकृत गर्ने भएकाले पारदर्शी र विश्वासिलो बनाएको छ। ग्राहकहरूले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्न सक्ने सुविधा पाउनेछन् भने कर्जा चुक्ता गरिसकेपछि पुनः तुरुन्तै अर्को कर्जा लिन सक्नेछन्।