पब्लिक एजुकेशनले साँस्कृतिक कार्यक्रम र दिपप्रज्वलन गरि गणतन्त्र दिवस मनायो



पब्लिक एजुकेशनले साँस्कृतिक कार्यक्रम र दिपप्रज्वलन गरि गणतन्त्र दिवस मनायो

भालुवाङ १६ जेठ । १६ औं गणतन्त्र दिवसका अवसरमा पब्लिक एजुकेशन एकेडेमीले बृहत् साँस्कृतिक कार्यक्रम गर्नुका साथै दिपप्रज्वलन गरि मनाएको छ ।

विद्यालयका प्रिन्सिपल विक्रान्त ज्ञवालीको अध्यक्षता एवम् विद्यालय सञ्चालक समितिका अध्यक्ष हिमानन्द पाण्डेको प्रमुख आतिथ्यतामा विद्यालयले दिवस मनाएको हो । विभिन्न कला संस्कृति झल्किने भेषभुषाका नृत्य हरू प्रस्तुत गरिएको थियो । भने विद्यालय परिसरमा सो अवसरमा १६ वटा मैनबत्ती बालेर दिप प्रज्वलन गरिएको थियोे । सो अवसरमा लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको नृत्य प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई नगद सहित सम्मान गरिएको थियो ।

विद्यालयका सहायक प्रिन्सिपल चम्पकराज कार्कीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन शिक्षिका सोनु भण्डारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे