नदीजन्य पदार्थको अवैध उत्खनन भएको भन्दै गाउँपालिका घेराउ



नदीजन्य पदार्थको अवैध उत्खनन भएको भन्दै गाउँपालिका घेराउ

राजपुर १६ जेठ ।  नदीजन्य पदार्थमा अनियमितता भएको आरोप लगाउँदै राजपुर गाउँपालिकाको कार्यालय घेराउ गरिएको छ । नदीजन्य वस्तुको अवैध उत्खनन कार्यमा गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले संरक्षण गरेको आरोप लगाउदै गाउँपालिकाको कार्यालय घेराउ गरिएको हो ।

नदीजन्य पदार्थको उत्खनन बन्द गर, विधिको शासन, सुशासन कायम गर, अवैध रूपमा उत्खनन भएको नदीजन्य पदार्थको राजश्व जम्मा गर लगायतका माग राख्दै आज गाउँपालिकाको कार्यालय घेराउ गरिएको हो । अवैध उत्खनन रोक्नुको साटो संरक्षण गरिएको स्थानीय लेखराज डाँगीले आरोप लगाए । उनले गाउँपालिकाका जनप्रतिनिधिले सुशासन कायम गर्न नसकेको बताए ।

गाउँपालिका घेराउ गर्न वडा अध्यक्ष र कार्यपालिका सदस्य समेत सहभागी भएका थिए । गाउँपालिकाका अध्यक्ष शरदकुमार बुढाथोकीले भने नियमअनुसार काम भएको दावी गर्नुभएको छ । कुनै पनि बदमासी नभएको उनको भनाई छ । वडा अध्यक्ष सहित कार्यपालिका सदस्य समेत आन्दोलनमा सहभागी भएका छन् । कार्यपालिकाको बैठबाट निर्णय नगरेर एकलौटी गर्न खोजिएको आरोप लगाइएको छ ।

राजपुर गाउँपालिका वडा नम्बर २ स्थित मटेरीया घाटबाट नदीजन्य वस्तु उत्खनन् गर्न ठेक्का लगाएको थियो । करिब दुई महिना सम्म निरन्तर उत्खनन् गरिएको र सम्झौता भन्दा बढी उत्खनन् गरिएको आरोप गाउँपालिका माथी लागेको छ । गाउँपालिकाले भने ठेक्का लागेको भन्दा कम मात्रामा ढुंगाजन्य वस्तु उत्खनन् भएको रिपोर्ट सार्वजनिक गरेको छ । १० हजार दुई सय १४ दशमलव ७० घनमिटर मात्रै उत्खनन् भएको जानकारी गराइएको छ । नदीजन्य वस्तु संगै योजना फरफारकमा ढिलासुस्ती हुने गरेको, बजेट तथा कार्यक्रमहरु पालिकामा मात्रै सिसित गरेको, वडा कार्यालयलाई बजेट तथा कार्यक्रम दिन आनाकानी गरेको जस्ता आरोपहरु लगाउदै घेराउ र धर्ना दिन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे