राप्ती गाउँपालिकाले जेठ १५ गते गणतन्त्र स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने



राप्ती गाउँपालिकाले जेठ १५ गते गणतन्त्र स्थापना दिवस विविध कार्यक्रम गरि मनाउने

भालुवाङ १४ जेठ । दाङको राप्ती गाउँपालिकाले गणतन्त्र स्थापना दिवसको अवसरमा जेठ १५ गते अर्थात साेमबार विविध कार्यक्रम गरि मनाउने भएको छ। पालिकाले बिहान ७ बजे देखि पालिकाकाे परिसरमा विभिन्न जातका फलफुलका विरुवा राेपण गर्ने र साे क्षेत्र आसपासका राजमार्ग तथा सार्वजनिक स्थलहरुको सरसफाई गर्ने जनाएको छ।

उक्त कार्यक्रममा सहभागी हुनका लागि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गाउँपालिकाका सम्पूर्ण वडाका जनप्रतिनिधिहरु, कृयाशिल राजनितिक दलहरु प्रमुख , पालिका भित्रका सम्पूर्ण संघसंस्थाहरु प्रमुख, सुरक्षा निकाय, पत्रकार लगायत आमसर्वसाधारण नागरिकहरूलाई आह्वान गरेका छन् ।

२०६२/०६३ को १९ दिने जनआन्दोलनले २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ २०६५ मा जननिर्वाचित संविधानसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियाे ।   देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था शुरु भएकाे दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे