राप्ती प्रादेशिक अस्पतालको प्रमुखमा डा. विनाेद सिंह



राप्ती प्रादेशिक अस्पतालको प्रमुखमा डा. विनाेद सिंह

तुलसीपुर १५ मंसीर। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रमुखमा डा. विनोद सिंह नियुक्त भएका छन् । अस्पतालका प्रमुख तथा मेडिकल सुपरी टेन्डेन्ट डा. सर्वेश शर्माले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएपछि लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय मुकाम बुटवले रिक्त रहेको पदमा डा. सिंहलाई नियुक्त गरेको हो ।

डा. शर्माले गएको बिहीबार स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएका थिए । डा. सिंहलाई अस्पतालको मेसुमा नियुक्त गरिएको जानकारी आइतबार गराइएको छ ।

प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. विनोद सिंह यस अघि अस्पतालको निमित्त मेसु भएर जिम्मेवारी समहाली सकेका छन् । महिला तथा स्त्री रोगका क्षेत्रमा डा. सिंहको नाम परिचित छ । उनि लामो समयदेखि तुलसीपुर क्षेत्रमा बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे