राप्तीको ३ वटा केन्द्रमा परिक्षा चल्दै, आदर्श मावि लालमटियामा १ जना दृष्टिविहिनले परीक्षा दिदै



भालुवाङ १७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबार देखि सुरु भएको छ।

चैत २९ गते सम्म चल्ने यस वर्षको एसइई परीक्षामा दाङको राप्ती गाउँपालिकाको ३ वटा केन्द्रमा परीक्षा सुरू भएको छ ।
शुक्रबार पहिलो दिन सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ, माध्यमिक विद्यालय माैरीघाट र आदर्श नमुना माध्यमिक विद्यालय लालमटियामा शान्तिपुर्ण तरिकाले परीक्षा सम्पन्न भएको छ ।

राप्ती गाउँपालिकाको ३ वटा परीक्षा केन्द्रमा १ हजार ३२ जना परीक्षार्थी सहभागी भएका छन्। जस अनुसार करिव ५ सय ३ छात्र र ५ सय २० छात्राले एसइई परीक्षा दिँदैछन्। जसमा अनुपस्थित छात्र ८ जना र ७ जना छात्रा रहेका छन् ।

यसै बीच आदर्श नमुना मावि लालमटिया परीक्षा केन्द्रमा १ जना दृष्टिविहिन छात्रले परीक्षा दिइरहेका छन् । घोराही घर भएका १९ वर्षिया सुमन विकले परीक्षा दिइरहेका छन् । उनले कक्षा ९ मा अध्ययनरत आभाष पोख्रेलको सहायतामा परीक्षा दिइरहेको केन्द्राध्यक्ष किरण पोख्रेलले जानकारी दिएका छन् ।

दाङमा ४५ वटा परीक्षा केन्द्र रहेकोमा १३ हजार ४ सय ४८ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। दाङका सवै परीक्षा केन्द्रमा सुरक्षा तथा अन्य व्यवस्था प्रभावकारी बनाइएको दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले जानकारी दिएका छन् ।

देशभरका करिब ५ लाख परीक्षार्थी सहभागी भएका छन् । जस अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसइई परीक्षा दिँदैछन् । एसइई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यस्तै लुम्बिनी प्रदेशका १२ जिल्लाका ८५ हजार तीन सय ८१ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। लुम्बिनीमा यस वर्षको एसइईमा सहभागी हुने सबैभन्दा बढी विद्यार्थी रुपन्देही जिल्लाका छन् । रुपन्देहीमा ५६ वटा परीक्षा केन्द्र छन् भने त्यहाँबाट १८ हजार ७ सय ४० विद्यार्थी सहभागी भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे