सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय गरेकाे छैन : मन्त्री शर्मा



काठमाण्डाै २१ फागुन । सरकारले मुस्ताङमा विश्वविद्यालय खोल्ने कुनै निर्णय नगरेको स्पष्टीकरण दिएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञप्ति निकालेर पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भन्दै केही सञ्चारमाध्यममा आएको मुस्ताङमा विश्वविद्यालय खुल्ने कुरा सत्य नभएको बताएकी हुन् । विज्ञप्तिमा विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको उल्लेख छ ।

हिजो शनिवार एमाले अध्यक्ष ओलीले चीनलाई लक्षित गरी मुस्ताङमा भारतकाे सहयाेगमा बौद्ध विश्वविद्यालय खोल्न लागिएको बताएका हुन् । विज्ञप्तिमा मन्त्री शर्माले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि भारतीय दूतावासमा पत्र लेखेको जानकारी सार्वजनिक भएको र त्यसबारेमा छानबिन गरिने बताएका छन् ।

विज्ञप्तीमा परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी अभिव्यक्ति आएको भन्दै सरकारले दुःख व्यक्त गरेको छ । विज्ञप्तिमा सरकार देशको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवम् स्वतन्त्र र सन्तुलित कुटनीतिका पक्षमा दृढतापूर्वक उभिएको एवम् असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे