प्रेस चौतारीले दाङका १० वटै पालिकामा संगठन पुर्नगठन तथा प्रशिक्षण चलाउने



दाङ १६ दाङ । प्रेस चौतारी दाङले जिल्लाका १० वटै पालिकामा संगठन पुर्नगठन तथा प्रशिक्षण चलाउने भएको छ ।

नेकपा एमाले प्रचार विभाग दाङ र प्रेस चौतारी दाङको मंगलवार भएको विशेष भेलाले फागुन १९ र २० गते जिल्लाका सबै पालिकामा प्रशिक्षण चलाउने निर्णय गरेको हो । पार्टीले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानसँगै चौतारीले प्रशिक्षण र भेला थालेको चौतारी दाङका सचिव किरण गौतमले बताए । उनका अुनसार भेला तथा प्रशिक्षणको लागि चौतारीका विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी समेत दिएको छ । पार्टीले जिल्लामा फागुन ९ देखि जिल्लाा पार्टी सुदृढिकरण र विस्तारको लागि ग्रास रुट अभियान चलाएको छ ।

भेलामा एमाले दाङका उपाध्यक्ष राममणि पाण्डेले पार्टीले जिल्लामाभर ग्रास रुट अभियान थालेको बताए । ‘अभियानले पार्टीलाई थप व्यवस्थित र जनताप्रति एमालेको भरोसा जगाएको छ’ उपाध्यक्ष पाण्डेले भने ‘अभियानलाई थप प्रभावकारी बनाउन यहाँहरुको भूमिका पार्टीले खोजेको छ ।’ भेलामा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले पार्टीले सञ्चालन गरेको अभियानलाई सफल बनाउने दायित्व सबैको भएको भन्दै खट्न सबैलाई निर्देशन दिए । ‘प्रचार विभाग र चौतारीसँग पार्टीले धेरै अपेक्षा गरेको छ ।

पार्टीले गरेका हरेक गतिविधि र अभियानलाई मिडियासँग जोड्ने काम यहाँहरुको हो’ सचिव बुढाथोकीले भने ‘त्यसको लागि यहाँहरुको ऊर्जा पार्टीले खोजेको छ ।’ विगतमा पार्टीले चलाएका अभियानमा पनि प्रेस चौतारीले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पार्टीले थालेको यो महान अभियानमा त्यतिकै भूमिका खेल्न निर्देशन दिए । ‘जिल्लाका दश पालिकामा पालिकास्तरीय अभियानको पहिलो चरण सकिएको छ । अब वडा र टोलसम्मका अभियान भैराखेका छन् । ती अभियानका गतिविधि मिडियासम्म कम भएको पार्टीले महसुस गरेको छ’ उनले भने ‘त्यसको लागि भेलाबाट विशेष योजना बनाएर कामको जिम्मेवारी लिनुस्’ उनले भने ।

एमाले प्रचार विभाग दाङका प्रमुख सविन प्रियाशनको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शरद अधिकारी, चौतारी लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज टीका बस्नेत, दाङ इन्चार्ज गणेश आचार्य, सहइन्चार्ज रीता लामा, केन्द्रीय सदस्य सन्तोष गुमार गुप्ता, चौतारी लुम्बिनी कमिटी उपाध्यक्ष दशरथ घिमिरे, कोषाध्यक्ष ओपेन्द्र बस्नेत, प्रदेश कमिटी सदस्य छवि पुरी, ओमप्रकाश गुप्ता, चौतारी दाङका सल्लाहकार जेएन सागर, महिला विभाग प्रमुख दिप्तीशिखा चौधरी लगायतले सुझाव सहित विचार राखेका थिए । एमाले प्रचार विभाग दाङका उपप्रमुख संगीत बस्यालको स्वागत मन्तव्यवाट सुरु भएको भेलाको सहजीकरण चौतारी दाङका अध्यक्ष इन्द्र डिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे