ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा स्वागत तथा बिदाई कार्यक्रम



लालमटिया २९ माघ । दाङ देउखुरीको ऐरावती आदर्श बहुमुखी क्याम्पस लालमटियामा बिबिएस र बिएड पहिलो बर्षमा अध्ययनरत विद्यार्थी र एमएडको पहिलो सेमेस्टरका विद्यार्र्थीहरुलाई स्वागत तथा चौथो बर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई एक कार्यक्रमका बिच बिदाई गरिएको छ । बिबिएस, बिएड दोश्रो र तेश्रो बर्षका विद्यार्थीहरुले संयुक्त रुपमा स्वागत तथा बिदाई गरेका हुन् ।

स्वागत तथा विदाई कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई टिका खाँदा लगाई स्वागत गरिएको थियो भने बिदाई हुँदै गरेका विद्यार्र्थीहरूलाई टिका खाँदा सहित मायाको चिनो समेत प्रदान गरिएको थियो । स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष धुब्र बेल्बासेको अध्यक्षता एवम् क्याम्पस संचालक समितिका अध्यक्ष चन्द्रबहादुर जिसीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिसीले विद्यार्थीहरुले पढाइमा विशेष ध्यान दिनुपर्ने बताउँदै यहि क्याम्पसमा यस वर्ष देखि एमएड कार्यक्रम समेत संचालन भएकोले विद्यार्थीहरु ब्याचलर सकेर बाहिर पढ्न जानुको सट्टा यहि क्याम्पसमा पढ्न उनले सुझाब दिएका छन् । पढाई जिन्दगीको महत्वपुर्ण अंग जस्तै भएकाले हामीले पढाईमा विशेष ध्यान दिनुपर्ने उनको भनाई थियो । बिदाई भएर जाँदै गरेका चौथो वर्षका विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको लागि शुभकामना समेत व्यक्त गरेका थिए भने नब आगन्तुक बिद्यार्थीहरुलाई भबिस्यप्रती सजग रहन आग्रह गरेका थिए ।

साथै अब केही दिन भित्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन लागेकोले निर्वाचनमा राजनितिक बिचारहरुलाई क्याम्पसको हाता बाहिर राखेर क्याम्पसलाई स्वच्छ बाताबरण बनाई क्याम्पसको हक हितको लागि काम गर्न पनि आग्रह गरे । कार्यक्रममा स्वागत हुनेको तर्पmबाट बिबिएसको प्रथम बर्षका विद्यार्थी अनिल सुनार र बिदाई हुनेको तर्फबाट चौथो बर्षमा अध्ययनरत बिद्यार्थी गिता भट्टराईले धन्यवाद मन्तब्य राखेका थिए । साथै कार्यक्रममा पत्रकार ओमप्रकाश गुप्ता, क्याम्पसका ब्यबस्थापन संकायका प्रमुख धनबहादुर रावल, एमएडका कार्यक्रम संयोजक चन्द्रप्रकाश ओली, क्याम्पस संचालन समितिका उपाध्यक्ष केशवराज खनाल लगायतले शुभकामना तथा विदाई मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिद्यार्थीको नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । प्रतियोगितामा ६ वटा समुहको सहभागिता रहेको थियो र प्रथम, द्वितिय र तृतियलाई २ हजार १५ सय र १ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको थियो । सरिता मगरको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सोही क्याम्पसका विद्यार्थी टिकाराम राउत र संगिता भण्डारीले गरेका थिए । सांस्कृतिक कार्यक्रम सहित गरिएको स्वागत र बिदाई कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको थियो । २०६५ सालमा स्थापना भएको सो क्याम्पसमा हाल सम्म ब्यबस्थापन संकाय र शिक्षा संकायको ४ बर्षे कार्यक्रम संचालन भईरहेको थियो तर यस वर्ष देखी एमएडको २ ओटा विषय नेपाली र अंग्रेजीको सेमेस्टर अन्तरगत कक्षा सञ्चालन हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे