राप्ती गाउँपालिकाद्धारा जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय



भालुवाङ २९ माघ । दाङको राप्ती गाउँपालिकाले २०७९ फागुन १ गते साेमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आज आइतबार बसेको गाउँ कार्यपालिकाको बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । राप्ती गाउँपालिका गाउँकार्यपालिकाको आइतबार बसेको बैठकले पालिकाभर सार्वजनिक विदा दिने निर्णय गरेको वडा नम्बर २ का वडा अध्यक्ष तथा गाउँपलिकाका प्रवक्ता पहलवान चाैधरीले जानकारी दिएका छन्।

प्रवक्ता चाैधरीका अनुसार २०७९ साल फागुन १ गते सोमबारका दिन गाउँपालिका र त्यस अन्तर्गतका सबै कार्यालयहरूमा सार्वजनिक बिदा दिएको छ । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेबाट १० वर्षसम्म सशस्त्र जनयुद्ध  सञ्चालन गरेको थियो । यो संघर्षको सम्झनामा फागुन १ गते सार्वजनिक विदा दिईएको गाउँपालिका अध्यक्ष विष्टले जानकारी दिए । अध्यक्ष विष्टले भने,”तत्कालिन व्यवस्थालाई परिवर्तन गर्ने लक्ष्यका साथ सुरु भएको एतिहाँसिक जनयुद्धको सम्झना तथा त्यस आन्दोलनमा साहादत प्राप्त गर्ने सम्पूर्ण सहिद, घाईते अपाङ्ग, वेपत्ताहरुको सम्मान स्वरुप गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

Seen by PressOmprakash Gupta at 31 January 2023 at 21:54
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे