लमही महोत्सवमा गायिका मेलिना राईले धुलो उडाइन्



लमही २८ माघ । लमही महोत्सवमा शनिवार चर्चित गायिका मेलिना राईले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन प्रदान गरेकी छिन् ।

देउखुरी उद्योग वाणिज्य संघ लमहीले आयोजना गरेको छैठौँ देउखुरी कृषि, पर्यटन तथा व्यापारीकको १७ औं दिन चर्चित गायिका राईले गोजीमा दाम छैन, रातो टिका निधारमा टलक्क टल्कियो, हावा चल्यो सिरिरि, कसरी कसरी लगायतका गीत गाउँदा दर्शकहरुको हुटिङ र नाचले कार्यक्रम स्थलमा धुलो उडेको थियो । यस्तै मोडेल तथा डान्सर रुविना अधिकारी, सिर्जना जिसी र बाल कलाकार एन्जल सोमइले पनि नृत्य मार्फत दर्शकहरुलाई भरपुर्ण मनोरञ्जन दिएका थिए ।

“कृषि पर्यटन उद्योग र व्यापार, देश समृद्धिको बलियो आधार” भन्ने मुल नाराका साथ अजम्बरी सामुदायिक वनको पिकनिक स्थल (बिबिधता पार्क) मा महोत्सव सञ्चालन भएको छ । यसै बीच माघ २९ गते दिउँसो १ बजे महोत्सव समापन गरिने देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे