मानवीय जीवनका लागि खेल अपरिहार्य छ : सांसद थारू
भालुवाङ २६ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियामा बिहीबार देखि राप्ती गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ ।
गोरखा आइडियल स्कुलको आयोजना एवम् राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता सुरू भएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता एवम् लुम्बिनी प्रदेशका निर्वतमान स्वास्थ, जनसंख्या तथा परिवार कल्याण मन्त्री तथा वर्तमान सांसद इन्द्रजित थारूको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरू भएको हो । खेल उद्घाटन गर्दै सांसद थारूले मानवीय जिवनका लागि खेल अपरिहार्य रहेको बताएका छन् । पहिला पहिला कृषि क्षेत्रमा श्रम गर्दा खेल आवश्यक थिएन तर विज्ञान र प्रविधिको विकासले मानिसहरू अल्छी भएकोले मानिसमा रोगव्याधी फैलिएको भन्दै खेल क्षेत्रलाई निरन्तरता दिन आवश्यक रहेको उनले बताए ।
साथै उनले आगामी दिनमा खेल क्षेत्रको भाैतिक पुर्वधार निर्माण र खेल प्रशिक्षक उत्पादन गर्न प्रदेश सरकारले पहल गर्ने समेत बताए ।
खेललाई अनुशासनको पहिचान तथा शानको रूपमा लिन जरूरी रहेको र त्यसका लागि आत्मनिर्भर हुन आवश्यक रहेको उनले बताएका छन् । ४ नम्बर वडा अध्यक्ष वीरबहादुर चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको खेल उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस राप्ती गाउँपालिकाका सभापति विद्याशरण चाैधरी, नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष नारायण शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका राप्तीका अध्यक्ष दोर्ण जिसी, मंगोल नेशनल अग्रनाइजेशनका शोभाराम बुढा, प्रदेश पुर्वधार जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चाैधरी, जिल्ला खेलकुद विकास समितिका सदस्य अनिल रिजाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको विषयवस्तु बारे शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन गोरखा आइडियल स्कुलका प्रिन्सिपल बसन्त पुनले गरेका थिए । प्रतियोगितामा गाउँपालिका अन्तर्गत सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूका आधारभूत तथा माध्यामिकतहका विद्यार्थीहरूलाई सहभागी रहने बताइएको छ। प्रतियोगितामा छात्र र छात्रा तर्फ अलग अलग भलिबल, कबड्डी, एथ्लेटिक्स, मार्सल आर्ट हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्यावलिङ थ्रो, सटफुट, कराँते, तेक्वान्दो ,उसु, खेल समावेश गरिएको छ ।
प्रतियोगितामा छात्रतर्फ दौड १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० मिटर, रिले ४ ×४०० मिटर रिले , छात्रा तर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ३००० मिटर, ४×१०० मिटर रिले, ४×४०० मिटर रिले, उफ्रने र फ्याँक्ने ( फिल्ड) तर्फ छात्र हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्यावलिङ थ्रो ८०० ग्राम, सटफुट १२ पाउन्ड, छात्रा हाइजम्प लङजम्प, त्रिपल जम्प ज्यावलिङ थ्रो ६०० ग्राम र सटफुट ८ पाउन्ड, मार्सल आर्ट तर्फ कराँते छात्र ४२ केजी, ४७ केजी, ५२ केजी काता एकल, छात्रा ४० केजी, ४५ केजी ५० केजी काता एकल, तेक्वान्दो छात्र ४५ केजी ४८ केजी र ५१ केजी छात्रा ४२ केजी ४४ केजी र ४६ केजी छात्र र छात्राको लङ्गजम्प, हाइजम्प छात्र र छात्राको खेल रहेको छ । खेल माघ २६ देखि २८ गते सम्म चल्ने आयोजकले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्