लालमटियामा ट्याक्टरको ट्रलीबाट खसेर एक विद्यार्थी गम्भीर घाइते



लालमटियामा ट्याक्टरको ट्रलीबाट खसेर एक विद्यार्थी गम्भीर घाइते

भालुवाङ २६ माघ । दाङको देउखुरीमा ट्याक्टरबाट खसेर एक विद्यार्थी गम्भीर घाइते भएका छन् ।

राप्ती गाउँपालिका २ लालमटिया स्थित न्याैपाने गल्लीमा बिहीबार विहान ११:१५ बजेको समयमा लु ४ प ५१०१ नम्बरको ट्याक्टरको ट्रलीबाट खसेर राप्ती गाउँपालिका ५ करङ्गेकोट निवासी १३ वर्षिय छात्रा सरिता थापा मगर गम्भीर घाइते भएकी छिन् ।

बिहीबार देखि लालमटियामा सुरू हुन लागेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन जनता आधारभुत करङ्गेकोटबाट ट्याक्टरमा आएका विद्यार्थी आएका थिए । घाइते थापाको टाउकोमा गहिरो चोट लागेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

घाइतेलाई लालमटियामा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ । भने ट्याक्टर र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । घाइते थापा जनता आधारभुत करङ्गेकोटमा कक्षा ७ मा अध्ययनरत छिन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे